धनकुटा । धनकुटाको महालक्ष्मीनगरपालिकाले नगरक्षेत्रकाज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरिएको छ । जाडोयाममाबृद्धबृद्धाहरुलाई न्यानो प्रदानगर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने गरी शुक्रबारबाट नगरपालिकाले यो अभियानथालेको नगरपालिकाले बताएको छ ।
महालक्ष्मीनगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । पहिलो दिन वडा नं.७का १०जनालाई सिरक वितरण गरिएको छ । कार्यक्रममामहालक्ष्मीनगरपालिकाकानगर प्रमुखपर्शुराम नेपाल, प्रमुखप्रशासकीयअधिकृत लिलाराजश्रेष्ठ, सहायकमहिलाविकास निरीक्षकगिता लुइटेल लगायतले बृद्धबृद्धाहरुलाई सिरक वितरण गरे ।
कार्यक्रममाबोल्दै नगर प्रमुख नेपालले जाडोयाममा कठ्यांग्रिएर बस्न नपरोस् भनेर बृद्धबृद्धाहरुलाई सिरक वितरण गरिएको बताए । ‘सबै बृद्धबृद्धाहरुसँग जाडो छल्न न्यानो लुगाहरु नहुँन सक्छ, यस्तो अवस्थामाउहाँहरु कठ्यांग्रिएर बस्न नपरोस् भनेर सिरक वितरण गर्न थालेका हौं,’ मेयर नेपालले भने, ‘७नम्बर वडाबाट यो अभियानथालेका छौं, अब केहीदिनभित्रै नगरक्षेत्रभरका सबै वडाका ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गछौं ।
महालक्ष्मीनगरक्षेत्रमा ८० बर्षमाथिकाकरिब ३५० ज्येष्ठनागरिक रहेको नगरपालिकाको तथ्यांक छ । उनीहरु सबैलाई सिरक वितरण गरिने नगर प्रमुख नेपालले जानकारी दिए । धेरै बृद्धबृद्धाहरु हिड्न नसक्ने भएकाले उनीहरुको अवस्थाअनुसार घर–घरमै पुगेर वा वडा–वडामा परिवारका सदस्यलाई बोलाएर सिरक वितरण गर्ने तयारी गरिएको छ ।सिरक वितरणका लागि वडा कार्यालयहरुमार्फत ८० बर्षमाथिका ज्येष्ठ नागरिकको तथ्यांक संकलनगरिएको थियो । सो तथ्यांककाआधारमासिरक वितरण गरिने नगरपालिकाले जनाएको छ ।
महालक्ष्मीनगरपालिकाले यसअघि पनि बृद्धबृद्धा लक्षितविभिन्नकार्यक्रम सञ्चालनगर्दै आएको छ । नगरले स्वास्थ्यशिविर सञ्चालन गरेर बृद्धबृद्धाहरुलाई निःशुल्कदाँतलगाइदिएको छ । उनीहरुलाई लौरो, हटव्याग वितरण गरिएको छ । त्यस्तै, बृद्धबृद्धाहरुको अनुभव संकलनगर्ने कामपनिगरिएको छ । बृद्धबृद्धाहरुलाई सम्मान र उचित स्याहार सुसारको खाँचो हुँने भएकाले उनीहरुको सम्मान स्वरुप र आवश्यकताअनुसार नगरपालिकाले विभिन्नगतिविधि सञ्चालनगर्दै आएको नगर प्रमुख नेपाल बताउँछन् ।
धनकुटाको महालक्ष्मीनगरका ८० बर्ष माथिका ज्येष्ठ नागरिकलाई न्यानो सिरक प्रदान
ट्रेन्डिङ
कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6
