Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जमरकटेल समुदायबाट अग्रज जेष्ठ नागरीकहरुलाई सम्मान

2022 Apr 18 3:22 PM 32

विज्ञापन

Birat Cancer Hospital
जमरकटेल समुदायबाट अग्रज जेष्ठ नागरीकहरुलाई सम्मान

विराटनगर । नयाँ बर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकटेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ८० बर्षभन्दा माथिका छ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । विराटनगर–८ का कमलप्रसाद, बुद्धिमाता र निरकुमारी, इटहरी–४ का धर्मानन्द, कानेपोखरी–३ की धनकुमारी र नारायण प्रसाद कटेललाई सम्मान गरिएको हो । कार्यक्रममा समाजसेवी राजु जमरकटेलले उनीहरुलाई फुलमाला र दोसल्ला लगाई सम्मानपत्र प्रदान गरे । अग्रजहरुले पुर्याएको योगदानको मूल्यांकन गर्दै नयाँ बर्षको अवसर पारेर सम्मान गरिएको जमरकटेल वंश एकता प्रतिष्ठानका महासचिव थिरप्रसाद जमरकटेलले जानकारी दिए । कार्यक्रममा सहभागिहरुले एक आपसमा नयाँ बर्षको शुभकामना आदानप्रदान गरेका थिए । जमरकटेल वंश एकता प्रतिष्ठानले प्रकाशन गरेको २०७९ सालको भित्तेपात्रो पनि सोही अवसरमा सार्वजनिक गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठानको अक्षयकोष बृद्धि र मन्दिर निर्माणमा सहयोग गर्नेहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । जमरकटेलहरुको पुर्खौली स्थान सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ माझगाउँमा शिव मन्दिर निर्माण गर्न सर्वाधिक १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्ने विराटनगर निवासी राजु जमरकटेल र उनकी धर्मपत्नी विमलालाई सम्मान गरिएको छ । मन्दिर निर्माणमा सहयोग गर्ने अन्य दाताहरुलाई पनि कदरपत्र प्रदान गरिएको छ । यता, अक्षयकोष बृद्धिका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँने ग्रामथान गाउँपालिका–८ तेतरियाकी तुलसादेवी जमरकटेललाई पनि सोही अवसरमा सम्मान गरिएको जमरकटेल वंश एकता प्रतिष्ठानका सल्लाहकार कुमारमणी जम्मरकटेलले जानकारी दिए । कार्यक्रममा अक्षयकोष बृद्धिका लागि ऐच्छिक सहयोग गर्न प्रतिष्ठानका कोषाध्यक्ष दिव्यराज जमरकटेलले आव्हान गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न