Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जमरकटेल समुदायबाट अग्रज जेष्ठ नागरीकहरुलाई सम्मान

2022 Apr 18 3:22 PM 41

विज्ञापन

Birat Cancer Hospital
जमरकटेल समुदायबाट अग्रज जेष्ठ नागरीकहरुलाई सम्मान

विराटनगर । नयाँ बर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकटेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ८० बर्षभन्दा माथिका छ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । विराटनगर–८ का कमलप्रसाद, बुद्धिमाता र निरकुमारी, इटहरी–४ का धर्मानन्द, कानेपोखरी–३ की धनकुमारी र नारायण प्रसाद कटेललाई सम्मान गरिएको हो । कार्यक्रममा समाजसेवी राजु जमरकटेलले उनीहरुलाई फुलमाला र दोसल्ला लगाई सम्मानपत्र प्रदान गरे । अग्रजहरुले पुर्याएको योगदानको मूल्यांकन गर्दै नयाँ बर्षको अवसर पारेर सम्मान गरिएको जमरकटेल वंश एकता प्रतिष्ठानका महासचिव थिरप्रसाद जमरकटेलले जानकारी दिए । कार्यक्रममा सहभागिहरुले एक आपसमा नयाँ बर्षको शुभकामना आदानप्रदान गरेका थिए । जमरकटेल वंश एकता प्रतिष्ठानले प्रकाशन गरेको २०७९ सालको भित्तेपात्रो पनि सोही अवसरमा सार्वजनिक गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठानको अक्षयकोष बृद्धि र मन्दिर निर्माणमा सहयोग गर्नेहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको छ । जमरकटेलहरुको पुर्खौली स्थान सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ माझगाउँमा शिव मन्दिर निर्माण गर्न सर्वाधिक १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्ने विराटनगर निवासी राजु जमरकटेल र उनकी धर्मपत्नी विमलालाई सम्मान गरिएको छ । मन्दिर निर्माणमा सहयोग गर्ने अन्य दाताहरुलाई पनि कदरपत्र प्रदान गरिएको छ । यता, अक्षयकोष बृद्धिका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँने ग्रामथान गाउँपालिका–८ तेतरियाकी तुलसादेवी जमरकटेललाई पनि सोही अवसरमा सम्मान गरिएको जमरकटेल वंश एकता प्रतिष्ठानका सल्लाहकार कुमारमणी जम्मरकटेलले जानकारी दिए । कार्यक्रममा अक्षयकोष बृद्धिका लागि ऐच्छिक सहयोग गर्न प्रतिष्ठानका कोषाध्यक्ष दिव्यराज जमरकटेलले आव्हान गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला