Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मौनावधि नजिकिदै गर्दा चुनावी प्रचार अभियानमा तीव्रता जनताको सच्चा सेवक भएर काम गर्ने एमालेका उम्मेदवारहरूको प्रतिवद्धता

2022 May 9 6:03 PM 15

विज्ञापन

Birat Cancer Hospital
मौनावधि नजिकिदै गर्दा चुनावी प्रचार अभियानमा तीव्रता जनताको सच्चा सेवक भएर काम गर्ने एमालेका उम्मेदवारहरूको प्रतिवद्धता

विराटनगर । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको मौनावधि नजिकिदै गर्दा उम्मेदवारहरूले आफ्नो निर्वाचन प्रचारलाई तीब्रता दिएका छन् । सोमवार विराटनगरमा विभिन्न राजनीतिक दलहरूले निर्वाचनकेन्द्रित कोणसभा, आमसभा लगायत आन्तरिक परामर्शलाई घनिभूत बनाएका छन् । स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नो प्रचारलाई प्रभावकारी तुल्याउने सन्दर्भमा माइकिङ् पम्प्लेटिङ र विभिन्न क्षेत्रसम्वद्ध र सर्वसाधारण मतदातालाई भेटेर मतदानका लागि अनुनय विनयन गरिरहेका छन । यसै सन्दर्भमा नेकपा एमाले विराटनगरका मेयरका उम्मेदवार सागर थापाले विराटनगर वडा नं. ४ खार्जीमा आयोजित भेलालाई सम्वोधन गर्दै आपूm र आफ्ना टिमका उम्मेदवारलाई मतदानका लागि जनतासमक्ष आग्रह गर्नुभयो । आफ्ना प्रतिवद्धता र कार्ययोजनाहरू दोहो¥याउँदै उहाँले विराटनगर महानगरलाई देशकै ‘नमूना महानगर’ बनाउने दृढता व्यक्त गर्नुभयो । विराटनगरको ऐतिहासिक विरासत फिर्ता गराउन सम्वद्ध सबैको साथ लिएर महानगरको समग्र विकास गर्नका लागि आफू र आफ्नो टिम चुनावी मैदानमा उत्रिएकारे थापाको भनाई थियो । मेयरका उम्मेदवार, थापाले सोमवार नै विराटनगर–११ स्थित लङ्का टोलमा आयोजित जनभेलालाई सम्वोधन गर्दै समुन्नत विराटनगर र सुखी विराटनगर बनाउने आफ्नो सपनालाई साकार बनाउन सम्पूर्ण महानगरवासी जनसमुदायको सहयोग चाहिएको धारणा राख्नुभयो । आफू विराटनगरको मेयरमा निर्वाचित भएपछि ‘शासक होइन, जनताको सच्चा सेवक’ का रुपमा काम गर्ने सङ्कल्प पस्तुत गर्नुभयो । आदिवासी, जनजाति, मधेसी, मुस्लिम, पछिपरेका जनसमुदायहरू, गरीव, मजदुर, किसानका समस्यालाई आपूmले राम्रोसँग बुझेको बताउँदै ती क्षेत्र समुदायको भावनालाई सम्मान गर्दै नगर क्षेत्रको समग्र विकास र नगरवासीको हित प्रवद्र्धनमा लागि पर्ने उहाँको भनाई थियो । विराटनगरको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य, साहित्य, पत्रकारिता, उद्योग व्यावसाय लगायतमा तत्तत् क्षेत्रका व्यक्तिहरूसँगको परामर्श र समन्वयमा सबैलाई समेटेर सम्वद्ध सबै विधाको हित र उत्थानका लागि इमान्दारीपूर्वक लागि पर्ने बचनवद्धता प्रकट गर्नुृभयो । महिला बालबालिका ज्येष्ठनागरिक, युवा क्षेत्रका समस्या, चुनौती र सम्भावनालाई ध्यानमा राखेर आफूले बनाएको कार्ययोजना सन्तुलित विकासको अवधारणासँग मेलाखाने भएकाले त्यही कार्ययोजनाका माध्यमबाट विराटनगरको समृद्धि र विकासको खाका कोर्ने थापाले बताउनुभयो । आजै मेयरका उम्मेदवार थापाले विराटनगरको दक्षिणी क्षेत्र वडा नं. १५ रानीका मतदाताहरूबीच पनि आफ्ना कार्ययोजनाहरू प्रस्तुत गर्दे मतदानका लागि आग्रह गर्नुभयो । थापाले स्थानीय खेलाडीहरूसँग कुरा गर्दै आफू विजयी भएपछि समग्र युवाको हित रक्षार्थ लागि पर्ने बचनवद्धता प्रकट गर्नुभयो । आफूले दुई कार्यकाल महेन्द्र मोरङ क्याम्पसको स्ववियूको नेतृत्व गरेको स्मरण गर्दै उहाँले युवा विद्यार्थी, खेलाडी, बेरोजारी सबैका भावनालाई राम्रोसँग सम्वोधन गर्ने बचनवद्धता प्रकटा गर्नुभयो । आजै अपरान्ह विराटनगरका विभिन्न वडा केन्द्रित कोणसभा र भेलाहरूलाई सम्वोधन गर्दैै मेयरका उम्मेदवार थापा र उपमेयरका उम्मेदवार शिल्पा कार्कीले आफूहरूले विराटनगर महानगरपालिकाको नेतृत्व पाएपछि जनताको सच्चा सेवक भएर काम गर्न आफूहरूलाई मतदान गर्न सहभागी नगरवासीलाई अनुरोध गर्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो