Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

१ न. प्रदेश कमिटी एमालेबाट सरकारको सर्बसाधारण विरुद्ध राज्यशक्तिको प्रयोग, नेता तथा कार्यकर्तामाथि आक्रमणको निन्दा र भत्र्सना

2022 May 23 8:34 AM 42

विज्ञापन

Birat Cancer Hospital
१ न. प्रदेश कमिटी एमालेबाट सरकारको सर्बसाधारण विरुद्ध राज्यशक्तिको प्रयोग, नेता तथा कार्यकर्तामाथि आक्रमणको निन्दा र भत्र्सना

बिराटनगर । नेकपा एमाले १ न. प्रदेश कमिटीले स्थानीय चुनाबमा प्रदेशका बिभिन्न जिल्लाहरुमा भएको हिंसात्मक, सर्बसाधारण जनतामाथि भएको धरपक्कडको निन्दा र घोर भत्र्सना गरेको छ । परमादेशबाट बनेको पाँच दलिय गठबन्धन सरकारले स्थानीय चुनाबमा राज्यशक्तिको चरम दुरुपयोग गरेको १ न. प्रदेश भरि भएका बिभिन्न घटनाले पुष्ठि गरेको छ । नेकपा एमाले प्रदेश न. १ कमिटीले गठबन्धनका नाममा स्थानीय तहको निर्वाचनमा एमाले विरुद्ध दलिय गठबन्धन सरकारद्वारा राज्य शक्तिको चरम दुरुपयोग गरी एमालेका कार्यकर्ता माथि दिउसै कुट्ने, ज्यान मार्ने धम्की दिने, मतदाताहरुलाई मतदान केन्द्र सम्म आउने समस्या गरिदिने जस्ता कार्यको निन्दा समेत गरेको छ । नेकपा एमाले प्रदेश न. १ कमिटीका अध्यक्ष तुलसी न्यौपानेले विज्ञप्ति जारी गर्दै निर्वाचनमा संसदीय मूल्य मान्यताको ठाडो उल्लङ्घन गर्ने, अशान्ति, हुल हुज्जत र जबरजस्ती गर्ने काम भएको उल्लेख गर्नु भएको छ । नेकपा एमाले न. १ नम्बर प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने द्धारा जारी विज्ञप्तीमा मतदान स्थल कब्जा गर्ने, राज्यको आडमा सर्वसाधारण मतदाता र एमाले पार्टीका कार्यकर्तालाई धाक धम्की दिदा पनि राज्यका बिभिन्न अंगहरु मुखदर्शक भएर मतमेटिका कब्जा गर्ने, मत गणना केन्द्रमा धाँधली गर्ने काम भएको छ । गठबन्धनले राज्य शक्तिको दुरुपयोग गर्दै एमाले नेता तथा कार्यकर्ता माथि साङ्घातिक आक्रमण गर्ने काम समेत गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्खुवासभाको भोटखोला, उदयपुरको कटारी नगरपालिका, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका, सुनसरीका कोसीगाउँपालिका, हरिनगर गाउँपालिका र भोक्राह नरसिंह गाउँपालिका लगायतका मतदान केन्द्र रहेको स्थानहरूमा विपक्षी गठबन्धनद्वारा राज्य शक्तिको दुरुपयोग गरेर मतदान प्रभावित पारिएको विज्ञप्तिमा उल्लेख छ । गठबन्धनका कार्यकर्ताले निर्वाचनको मतगणना सम्पन्न गरी फर्कने क्रममा सङ्खुवासभाको धर्मदेवी नगरपालिका १ मा पाटीका सङ्गठित कार्यकर्ता तथा निवर्तमान वडाध्यक्ष नारायण मसाहाङ लिम्बु तथा इटहरीमा एमाले प्रदेश कमिटी सदस्य डम्बर सुवेदी (हिमाल) माथि साङ्घातिक आक्रमण भएको विज्ञप्तिमा मार्फत उक्त घटनाको निन्दा र घोर भत्र्सना गरेको छ । विपक्षी गठबन्धनका कार्यकर्ताको आक्रमणमा परि घाइते भएका लिम्बुको बिराटनगर स्थित विराट नरसिंह होममा भेन्टिलेटरमा उपचार भइरहेको छ । आक्रमणमा परि घाइते भएकाहरूको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र अपराधिक गतिबिधीमा लागेका दोषीलाई कडा भन्दा कडा कार्बाहीका लागि समेत गठबन्धनको सरकार सँग एमाले प्रदेश १ कमिटीले जोडदार माग गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला