Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निबन्ध संग्रह ‘जीवनको अभिनन्दन’ विमोचन

2022 Jul 15 2:05 PM 20

विज्ञापन

Birat Cancer Hospital
निबन्ध संग्रह ‘जीवनको अभिनन्दन’ विमोचन

विराटनगर । साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुख साहित्यकार प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ र साहित्यकार प्राज्ञ दधिराज सुवेदीले संयुक्त रुपमा ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन गर्नु भयो । विमोचित कृतिमाथि समालोचक डा. रामजी तिम्सिनाले टिप्पणी गरे । उनले निबन्धसङ्ग्रह पठनीय र संग्रहनीय भएको चर्चा गरे । समालोचक तिम्सिनाले निबन्ध सङ्ग्रहमा प्रयोग भएका भाषा आमपाठकले बुझ्ने बताए । “हुन त अहिलेको कविता कविता जस्तो नहुने र कथा कथा जस्तो नहुने गरेको छ,” उनले भने, “तर जीवनको अभिनन्दन साँच्चिकै निबन्ध जस्तो छ ।” सङ्ग्रहमा जीवनमाथि अनगिन्ति प्रश्न गरिएको उनको भनाइ थियो । पाठकले पनि निबन्धसङ्ग्रह पढिसकेपछि जीवनमाथि आफैं प्रश्न गर्न सक्ने समालोचक तिम्सिनाले बताए । लेखकीय मन्तव्य राख्दै डा. पाण्डेले जीवनका हरेक पक्षलाई केलाएर निबन्धसङ्ग्रहले लेखेको प्रस्ट्याइन् । विभिन्न विषयवस्तुमाथि केन्द्रित रहेर लेखिएको सङ्ग्रहमा ११ वटा निबन्ध छन् । सङ्ग्रहलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?