Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धनकुटा जिल्लाका किसानहरुले पौने ३ करोड प्रादेशिक अनुदान

2022 Jul 28 11:38 AM 17

विज्ञापन

Birat Cancer Hospital
धनकुटा जिल्लाका किसानहरुले पौने ३ करोड प्रादेशिक अनुदान

नारायण कुमार राई, धनकुटा । आर्थिक बर्ष २०७८/७र्९ धनकुटामा कृषि क्षेत्रका ३७ वटा संस्था तथा ब्यक्तिहरुले २ करोड ७८ लाख २५ हजार बराबरको प्रदेश सरकारको कृषि अनुदानका कार्यक्रमहरु पाएका छन् । चालु आ.ब.०७८/०७९ मा सम्पन्न कार्यक्रमको संयुक्त अनुगमनका क्रममा भटरिनरी कार्यालय (पशु कार्यालय) धनकुटा र कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जस अनुसार पशुसेवा कार्यालय अन्तर्गत २ करोड ९ लाख बरावरको १७ वटा प्रदेशका कार्यक्रम सम्पन्न भएको कार्यालयका प्रमुख लोकनाथ ढुंगानाले जानकारी दिनुभयो । त्यस्तै कृषि ज्ञान केन्द्रबाट ६९ लाख २५ हजार बराबरको २० वटा प्रदेशका कार्यक्रम सम्पन्न भएको कृषि ज्ञान केन्द्रकी निमित्त प्रमुख फूलमायाँ तामाङ्गले जानकारी दिनुभयो । पशुसेवा कार्यालय र कृषि ज्ञान केन्द्रले दिएको तथ्यांक अनुसार पशु कार्यालय मार्फत् धनकुटा नगरपालिकामा ९५ लाख २५ हजार र कृषि ज्ञान केन्द्र मार्फत् १३ लाख बरावरको ५/५ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् । त्यस्तै पाख्रिबास नगरपालिकामा पशु कार्यालय मार्फत् ४५ लाख ७५ हजार र कृषि ज्ञान केन्द्र मार्फत् १२ लाख ५० हजार बरावरको ५/५ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् ।  महालक्ष्मी नगरपालिकामा पशु कार्यालय मार्फत २० लाख बराबरको एक कार्यक्रम भएको छ भने कृषि ज्ञान केन्द्र मार्फत् कुनै कार्यक्रम सम्पन्न भएको छैन ।  साँगुरीगढी गाउँपालिकामा पशु कार्यालय मार्फत २५ लाख बराबरको एक कार्यक्रम र कृषि ज्ञान केन्द्र मार्फत १८ लाख २० हजार बरावरको २ वटा कार्यक्रमहरु भएका छन् ।293708227_371025631843081_7665647781174962869_n छथर जोरपाटी गाउँपालिकामा पशु कार्यालय मार्फत २५ लाखको २ वटा कार्यक्रम र कृषि ज्ञान केन्द्र मार्फत् २० लाख ५५ हजार बराबरको ५ वटा कार्यक्रमहरु भएका छन् ।  सहिदभूमी गाउँपालिकामा पशु कार्यालय मार्फत ४० लाख बराबरको २ वटा र कृषि ज्ञान केन्द्र मार्फत् ३ लाख बराबरको एक कार्यक्रम सम्पन्न भएको छ ।  त्यस्तै चौबिसे गाउँपालिकामा कृषि ज्ञान केन्द्र मार्फत २ लाख बराबरको एक मात्र प्रदेश अनुदानको कार्यक्रम सम्पन्न भएको छ ।  ५० देखि ७५ प्रतिशत अनुदानमा सम्पन्न उक्त योजना तथा कार्यक्रमको प्रदेश सभासद्हरु, कार्यालयका पदाधिकारी, अनुगमन समितिका सदस्यहरु र पत्रकारको टोलीले अनुगमन गरेको छ । पशुपालन अन्तर्गत टालीले युवा लक्षित पशु बिकास कार्यक्रम अन्तर्गत सम्मपन्न पाख्रिबास नगरपालिका वडा नं। ९ को धर्मशाला पशुपालन फर्मको बाख्रा पालन तथा खोर सुधार कार्यक्रमको अनुगमन गरेको छ । त्यस्तै कृषि/पशु सहकारी तथा अन्य संस्थाहरुको सहकार्यमा सञ्चालित ब्यबसायिक पशुपालन कार्यक्रम अन्तर्गत पाख्रिबास नगरपालिका वडा नं. ३ को दुग्ध सहकारीको अनुगमन गरेको छ ।  त्यस्तै टालीले बंगुरको ब्लक बिकास कार्यक्रम अन्तर्गत छथर जोरपाटी गाउँपालिका ५ खोक्तापको बंगुर बिकास कार्यक्रम अन्तर्गत खोक्ताप कृषि सहकारी लगाएत बिभिन्न बंगुर फर्महरुको अनुगमन गरेको छ । कृषि बालि तर्फ ब्यसायीक फलफुल बगैचा ब्यबस्थापन सहयोग कार्यक्रम अन्तर्गत पाख्रिबास नगरपालिका वडा नं. ९ को निलिमा फलफुल तथा कृषि फर्मको किवी खेतीको अनुगमन गरेको छ ।  त्यस्तै महिला,दलित,पिछडिएका समुदाय लक्षित कार्यत्रक्रम अन्तर्गत पाख्रिबास नगरपालिका वडा नं। ९ आरुसी कृषि तथा पशुपन्छि फर्मको तरकारी खेती अनुगमन गरेको छ । त्यस्तै टोलीले छथर जोरपाटी वडा नं।३ को ढुंगे कृषि सहकारी संस्था अन्तर्गत सञ्चालित मकै ब्लक बिकास कार्यक्रम लगाएतको अनुगम नगरेको छ ।  अनुगमनमा प्रदेश सभासद्हरु ईन्द्रमणी पराजुली, लिला सुब्बा, हिमाकुमारी बस्नेत, कुसुम कुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, कृषि बिकास बैक धनकुटा शाखाका प्रमुख लगाएतको सहभागिता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो