बिराटनगर । बिराट नर्सिगं होम बिराटनगरमा ३९ बर्षिय एक महिलाको पाटेघरबाट ९ किल्लो २ सय
ग्राम(९.२ किल्लोग्राम) बिरलै बिरामीमा हुने फाईब्रोड नामक टयुमर शल्यक्रिया गरी निकालिएको छ ।
पथरी शनिश्चरे नगरपालिका वार्ड न ४ स्थायी घर भएकी महिलाको बिराट नर्सिगं होममा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा सफल सल्यक्रिया भएको हो । करिब १ घण्टा २० मिनेट लगाएर गरिएको सल्यक्रियामा डाक्टर भानु न्यौपाने, डाक्टर बातसल्य अर्याल, डाक्टर फारिदा खातुन लगायतको टिम सहभागि थियो ।
आफनो ३५ बर्षको महिला सम्बन्धि पाटेघरको शल्याक्रिया गर्दा यत्रो ठुलो मासुको टयुमर नदेखेको डा. कार्कीले बताए । सयौ अपरेशन गरियो तर हेर्दा सामान्य देखिने तर जटिल अनि धोरै ठुलो १० केजी मासुको थुप्रो लिएर ती महिला कसरी यस अस्पताल सम्म आईन त्यो झन जटिल बिषय भएको डा. कार्कीले थपे ।
बिगत २ बर्ष देखि घरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नियमित चेक गर्दा सानो ५/६ सेमी साइजको मासु पलाएको रिर्पोट थियो । कोरोनाको कारणले पुनः उपचार र चेक जाँच गरिएको थिएन तर पेटमा कुनै समस्या पनि देखा नपरेको बिरामीको आफन्तले बताएका छन् । बिस्तारै बिस्तारै पेट बढ्दै गयो । मोटाएको जस्तो महसुस भएको तर कुनै दुःख अप्ठयारो नभएको हुनाले ठिकै छ भनेर घरमा बसिरहेको हो । तर पेट घेरै मोटाएको हुनाले बिराट नर्सिगं होममा आएर चेक जाँच गर्दा ३०/४० सेमी साईजको टयुमर देखा परयो । शल्यक्रिया नगरी अरु उपाए नभएको डाक्टरहरुले बताए पछि यत्रो १० केजी भन्दा बढी मासुको थुप्रो देख्दा छक्कै परेको बिरामी कुरुवा बसेका आफन्तले बताएका छन् ।
नोट महिलाको नाम लेखिएको छैन् । २ वटा फोटो पठाएको छु ।
३९ बर्षिय महिलाको पाटेघरबाट १० किल्लो मासु टयुमर शल्यक्रिया
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4
