Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

क्षेत्र न. ५ मा योगेन्द्र मण्डल (जोगी) को पक्षमा स्थानीय जनता, काग्रेसी गठबन्धनलाई सकस

2022 Oct 25 1:03 PM 22

विज्ञापन

Birat Cancer Hospital
क्षेत्र न. ५ मा योगेन्द्र मण्डल (जोगी) को पक्षमा स्थानीय जनता, काग्रेसी गठबन्धनलाई सकस

बिराटनगर । मोरगंको क्षेत्र न. ५बाट स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले चुनाबी प्रचार प्रसारलाई तिब्र बनाएका छन् । बिराटनगर महानगरपालिका र रंगेली नगरपालिकाका केही वडाहरु, धनपालथान र जहदा गाउपालिकाका सबै जम्मा २४ वडाहरुका बासिन्दाहरु जोगीको उम्मेदवारीले खुशी आएको र एमालेको सबै जनताको मत र अन्य पाटीका कार्याकर्ताहरुले समेत नयां अनुहार खोजेको हुनाले आफनो जित पक्का भएको योगेन्द्र मण्डल बताउछन् । तर यसै बिचमा नेकपा एमाले मोरङले मंसिर ४ मा हुने तथा प्रतिनिधिसभामा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डल ‘जोगी’लाई पार्टीबाट निष्काशन गरेको छ । निर्वाचनलाई लिएर पार्टीले आफुलाई निष्कासन गरे पनि म एमालेकै कार्यकर्ता हुँ पछि पनि हुन्छु तसर्थ पाटीले जसपासंग गठबन्धन गरेको हुनाले पनि मलाई हटाउनु कुनै नौलो कुरा नभएको मण्डल बताउछन् । एमाले पाटीले मलाई निष्काशन गर्ने निर्णय गरेकोमा कुनै दुःख नभएको बरु यो एमालेकै नेता भएको प्रचार समेत भएको हुनाले निष्कासनले मेरो मत बढेको मण्डल बताउछन् । एमाले त्यागेर प्रतिनिधिसभातर्फ मोरङ ५ मा उम्मेदवार बनेका मण्डल र सोही क्षेत्रको प्रदेशसभा ‘क’मा उम्मेदवार बनेकी वसन्ती यादवलाई पार्टी विधानको दफा ८० बमोजिम निस्काशन गर्ने निर्णय गरिएको एमाले मोरगं जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले बताए । मण्डल ३७ वर्ष लामो एमाले राजनीति त्याग्दै स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी उठेको क्षेत्रमा एमालेले जनता समाजवादी पार्टीसँग तालमेल गरी राजकुमार यादवलाई उम्मेदवार बनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?