Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

क्षेत्र न ४ का किसानको जीवनस्तर उकास्ने ग्यारेन्टी हाम्रो र राज्यको हो – बिनोद ढकाल

2022 Nov 9 2:01 PM 23

विज्ञापन

Birat Cancer Hospital
क्षेत्र न ४ का किसानको जीवनस्तर उकास्ने ग्यारेन्टी हाम्रो र राज्यको हो – बिनोद ढकाल

विराटनगर । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद ढकालले पार्टीेले पाँच वर्षभित्रमा नेपाली किसानको जीवनस्तर उकास्ने ग्यारेन्टी गरेको बताएका छन् । चुनावी अभियानका क्रममा कटहरी गाउँपालिका ३ मा भएको टोल भेलालाई सम्बोधन गर्दै ढकालले नेपाली किसानले भोग्दै आएका समस्याहरु समाधानका लागि एमालेले विशेष कार्यक्रम ल्याएको बताए । मल, बिऊ, मूल्य र बजारका समस्या रहेको बताउँदै उनले ती समस्या समाधान गर्दै उत्पादित बस्तुको मूल्य र बजारको ग्यारेन्टी एमालेले गर्ने बताए । एमालेको सरकार बन्यो भने कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने, युवालाई कृषिमा लाग्ने वातावरण सिर्जना गर्ने, कृषकको जीवनस्तर उकास्दै कृषिमा देशलाई आत्मनिर्भर बनाउँने एमालेको लक्ष्य र कार्यक्रम भएको उनले बताए । उनले भने ‘यो क्षेत्र कृषिमा आधारित क्षेत्र हो । त्यसैले एमालेको नीति अनुसार यस क्षेत्रका किसानको जीवनस्तर उकास्न मैले गर्नुपर्ने सबै कार्य गर्नेछु ।’ समयमै मल, बिऊ उपलब्ध गराउँने कृषकह?लाई आधुनिक कृषिको ज्ञान, सीप दिलाउने, कृषिमा यान्त्रिकरण गरेर उत्पादन बृद्धि गर्ने, उत्पादित वस्तुको मूल्य र बजारको ग्यारेन्टी गर्ने कार्य पाँच वर्षमा सकेर किसानको जीवन परिवर्तन गर्ने उनको भनाइ थियो । उनले भने ‘एमालेले जब–जब अवसर पाएको छ, काम पनि गरेको छ ।’ एमाले देश बनाउँने भिजन र काम गर्ने योजना भएको पार्टी भएकाले एमालेलाई यसपटकको निर्वाचनमा बहुमतसहित विजयी गराउन ढकालले मतदातालाई आग्रह गरे ।

मोरङ क्षेत्र नं. ४ का विभिन्न टोलको घरदैलोमा रहेका ढकाललाई चुनावी अभियानमा कलाकारह?को साँस्कृतिक टोलीले पनि साथ दिएको छ । पहिलोपटक यस क्षेत्रमा उम्मेदवार बनेका ढकालको मुख्य प्रतिष्पर्धा यसअघि त्यसै क्षेत्रबाट विजयी भएका माओवादी केन्द्रका अमनलाल मोदीसँग छ । मोदीले आफ्नो कार्यकालमा क्षेत्रको विकासका लागि सक्रिय भूमिका निर्वाह नगरेको भन्दै स्थानीयबासी रुष्ट छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?