Live
| बुधबार, बैशाख ९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मतदाता भन्छन्–‘अरुलाई ३० वर्ष हेरियो, यसपटक स्थानीय ऋषिकेशलाई जिताउँछौँ’

2022 Nov 9 2:39 PM 4

विज्ञापन

Biratkhavar
मतदाता भन्छन्–‘अरुलाई ३० वर्ष हेरियो, यसपटक स्थानीय ऋषिकेशलाई जिताउँछौँ’

विराटनगर । आगामी मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखेरलले चुनावी अभियानलाई अझ व्यापक पारेका छन् । उनी यतिबेला सो क्षेत्रका २९ वटै वडाका मतदाताको घर–घर पुगेर मत मागिरहेका छन् । २०७० सालमा संविधानसभा सदस्य हुँदा थालेका अधुरा कामह? पूरा गर्न र आफ्नो समाजलाई बदल्नका लागि एकपटक मत दिएर परीक्षा लिन पोखरेल मतदातालाई आग्रह गरिरहेका छन् । शालिन, भद्र र नम्र स्वभावका पोखरेल आफ्ना स्पष्ट योजना र चुनावी एजेण्डासहित मतदाताको बिचमा पुगेर मत माग्दै चुनावी अभियानलाई तिब्र पारेका हुन् । जनताको पीर मर्का र कठिनाइमा सकेसम्मको साथ दिँदै आएका पोखरेल घरदैलोमा पुग्दा मतदाता निकै उत्साहीत देखिएका छन् । आफ्ना जनप्रतिनिधि स्थानीयसमस्याबारे जानकार नहुँदाको कठिनाइबारे महसुस भएकाले यसपटक निरन्तर जनताको बिचमा र जनसम्पर्कमा रहने पोखरेललाई मत दिएर जिताउने पक्षमा आफूह? रहेको स्थानीय बल्ली सहनीले बताए । ‘यहाँबाट ३० वर्षदेखि लगातार कांग्रेसले जितेर गएको छ । बाहिरका मान्छे उम्मेदवार भएर आउने, जित्ने र ठगेर जाने काममात्र भयो । हामीले देखिसकियो उनले भने,बाहिरका नेताबाट आश गर्नु बेकार रहेछ । यत्रो वर्ष अ?लाई हेरियो, अब स्थानीयलाई एकपटक परीक्षा गरेर हेछौँ ।’ सहनीले कांग्रेसकी उम्मेदवार सुजाता कोइराला पाहुना उम्मेदवार भएका कारण समाजप्रति जवाफदेही नहुने बताए । ‘यहाँबाट जहिल्यै बाबुनै बाबुले जिते । हिजो पनि एउटा बाबुले जितेर जानुभयो, अहिलेसम्म अत्तोपत्तो छैन ।’ उनले भने,‘यहाँकै मान्छे भए कम्तिमा सोध्न त सकिन्छ । त्यसैले यसपटक पाहुना होइन, गाउँकै छोरो ऋषिकेशले जित्नुपर्छ ।’314752656_1776855389358849_8139861651335153532_n जनताको घरदैलोमा पुगेर मत माग्दा उम्मेदवार पोखरेललाई मतदाताले आफ्नै घर आगनको व्यक्ति भएकाले र स्थानीय समस्या बुझ्ने हुँदा मत दिएर जिताउने बताएका छन् ।  उम्मेदवार पोखरेल जहिल्यै खोज्दा भेट्न सकिने र आफ्नो पहुँचको नेता भएकाले यसपटक कांग्रेसकै कट्टर समर्थकह? पनि पोखरेललाई मत दिने पक्षमा पुगेका छन् । ‘हाम्रो सवै परिवार कांग्रेस हो । तर, के गर्नु सुजाताले हामीलाई चिन्नुहुन्न ।’ कांग्रेसका एक क्रियाशील सदस्यले भने,‘ब? ऋषिले जहिल्यै हालखबर त सोध्नुहुन्छ । पार्टी भनेर हुँदैन, त्यसैले यसपटक उहाँलाई हाम्रो परिवारको भोट ।’ प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी कोइराला एमालेका पोखरेलसँग प्रतिष्पर्धा गर्दैछिन् । नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट चुनाव जितेर पटक–पटक प्रधानमन्त्री बनेपनि सुजाता पहिलोपटक भोट माग्दै गाउँघरमा देखिन थालेकी हुन् । नेपाल सरकारको उपप्रधानमन्त्री र मन्त्री हुँदासमेत सो क्षेत्रका लागि कुनै काम नगरेको र सो क्षेत्रमा उनको कुनै योगदान नरहेको आरोप उनलाई स्थानीयले लगाएका छन् । स्थानीय भूगोलबारेसमेत अनभिज्ञ रहेकी कोइराला आफ्ना पिता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नामबाट चोकचोकमा आयोजित चुनावी सभामा मत माग्दै हिँडीरहेकी छन् । कोइराला कहिले तरकारी जोखेको ‘चटक’ देखाउँदै मतदाता आकर्षित गर्ने असफल प्रयासमा लागेको देखिन्छ भने कहिले आफ्नै पिताका कारण २ नम्बर क्षेत्रको कायापलट भएको दावी गर्दै हिँडिरहेको स्थानीयले बताएका छन् । कोइराला आफ्ना पिता स्वर्गीय नेता ‘गिरिजा प्रसाद’ को छोरी हुँ भन्नेबाहेक सो क्षेत्रको विकासका लागि कुनै योजना नदेखिएको स्थानीय आरोप लगाउँछन् । ‘उहाँ गिरिजा बाबुको डम्फु मात्रै बजाएर हिँडिरहनु भएको छ । यहाँको गाउँठाउँको समस्याबारे थाहा हुँदा पो योजना बनाउने हो ।’ स्थानीय सतानु सिंह भन्छन्,‘खाली गिरिजाबाबु भनेको छ, भोट माग्दै हिँडेको छ त्यत्ति हो । कुनै भिजन छैन । यो ठाउँ गिरिजाबाबुकै कारण अहिलेसम्म पछाडी परेको हो ।’ कोइरालाले चुनावीसभाह?मा आफू देशकै प्रभावशाली महिला नेतृ भएको दावी गर्दै महिलाह?को मत आफूतिर तान्ने प्रयास गरिरहेको देखिन्छ । ‘महिला भएकाले सवै महिलाले भोट दिनुपर्छ उहाँले भन्नुहुन्छ । तर, उहाँलाई हामी गाउँका महिलाको समस्या के थाहा ?’ स्थानीय मञ्जु शर्मा भन्छिन्,‘उपप्रधानमन्त्री हुँदा यहाँका महिलाका लागि केही गरेको एउटा पनि काम छ र ? अनि हामीले किन भोट दिने ?’

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु