Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरङको निर्बाचन क्षेत्र न. २ मा सत्ताको चरम दुरुपयोग, आचारसंहिताको धज्जी

2022 Nov 13 10:36 AM 26

विज्ञापन

Birat Cancer Hospital
मोरङको निर्बाचन क्षेत्र न. २ मा सत्ताको चरम दुरुपयोग, आचारसंहिताको धज्जी

विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनमा उम्मेदवारले लगातार आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ । सो क्षेत्रमा सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरुले लगातार आचारसंहिता उल्लंघन गरिरहेका हुन् ।

उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सुजाता कोइराला र क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका गणेश उप्रेती र २ (ख) मा नेपाली कांग्रेसकै विनोद कार्की प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।

उम्मेदवारहरुले सत्ताको दुरुपयोग गर्दै लगातार निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ अनुसार कसैको घर जग्गामा स्वीकृती नलिई राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न पाइँदैन । तर, मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस, माओवादीलगायत सत्ता गठबन्धनमा आवद्ध दलका कार्यकर्ताहरुले सर्वसाधरणको घरमा आफुखुशी र जबर्जस्ती झण्डा लगाउने गरेको स्थानीयले गुनासो गरेका छन् ।

त्यस्तै बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पाइँदैन तर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको नेपाली कांग्रेस र माओवादी केन्द्रले बालबालिकाको समेत प्रयोग गरिरहेको फेला परेको छ ।

त्यसैगरी स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भोला गर्न नहुने निर्वाचन आचारसंहिताले भनेको छ । तर, सत्ताको चरम दुरुपयोग गर्दै सत्ता गठबन्धनका दलहरुले मनपरी ढंगले त्यस्ता कार्यक्रमहरु गरिरहेको देखिएको छ ।whatsapp-image-2022-11-11-at-01-04-10-1

जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसा गर्ने व्यक्तिले निवार्चन चिन्ह भएको झण्डा प्रयोग गर्न आचारसंहिताले बन्देज लगाएको छ । त्यस्तै उम्मेदवार वा दलको कार्यालयमा ठुलो झण्डा प्रयोग गर्न पाईँदैन । त्यतिमात्र नभएर प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाईन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृष्य सामग्रीहरु प्रदर्शन गर्न पाईँदैन ।

त्यस्तै उम्मेदवार वा दलको कार्यालयबाहेक दलको झण्डा, चुनाव चिन्ह डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाईन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृष्य सामग्रीहरु प्रदर्शन गर्न पाईँदैन ।

त्यस्तै आचारसंहिताले उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा बढी लिएर जान नहुने र त्यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने भनेको छ । त्यसैगरी कसैको निजी घरजग्गामा वा भवन, उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चिर्वाचन चिन्ह राख्न वा टाँस्न आचारसंहिताले बन्देज लगाएको छ ।

त्यस्तै दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने आचारसंहिताले भनेको छ । अनुमति नलिएको सवारीसाधन प्रयोग गरी प्रचारप्रसार गरेमा वा त्यस्तो सवारी साधनमा निर्वाचन प्रचारप्रसार सामग्री प्रयोग गरेमा सम्बन्धित स्थानको ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारी साधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुगमन समितिलाई गराउनुपर्ने छ ।

आचारसंहिचा उल्लंघन भएमा एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्ध समेत हुने व्यवस्था छ । तर, क्षेत्र नम्बर २ मा सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र सो दलका उम्मेदवारहरुले सत्ताको चरम दुरुपयोग गर्दै अचारसंहिताको ठाडो उल्लंघन गरिरहेको पाइएको हो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहित सत्ता गठबन्धनले लगातार आचारसंहिता उल्लंघन गरेपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?