चतरा । १३ आरडी बराहक्षेत्र नगरपालिका भित्र पर्छ तर सो क्षेत्रमा वसोवास गर्नेहरुको जीवन शैली भने भिन्नै प्रकारको देखिन्छ । उनीहरु नगरवासी त भए तर अनुभुति गर्न भने पाएका छैनन् । १३ आरडीका वासिन्दाहरुको आउने मंशीर ४ गतेका उम्मेदवारहरुलाई एउटै माग रहेको छ,त्यो हो नगरवासी वनाउन पहिलो माग । त्यही कुरालाई जुन सुकै पार्टीका उम्मेदवार पुगे पनि त्यही कुरा अघि वढाउँछन् ।
उम्मेदवारको सुनसरी क्षेत्र नम्बर १ अन्र्तगत बराहक्षेत्र स्थित चतराको गाउँ वस्तीमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको साझा उम्मेदवारको शनिबार विहानै घरदैलो अभियानमा पुगे,त्यहाँका समस्याहरुलाई पुरा गर्ने प्रतिवद्धता पनि जनाए ।
गाउँ वस्तीको जनताहरुको घरायासी काम र खेतीको धान काट्ने र थन्काउने उतिकै चटारो पनि छ तर एमाले र जसपाको उम्मेदवार घर दैलो अभियानमा त्यहाँका मतदाताले काम र व्यस्ततालाई थाँती राखेर उम्मेदवारलाई स्वागत र सम्मान व्यक्त गरे । ग्रामीण भेगको समस्याहरुलाई उम्मेदवारलाई सुनाए र मंशीर ४ गतेको चुनावमा भोट हालेर जिताउने विस्वास पनि जनाए । बराहक्षेत्र नरपालिका वडा नम्बर १ की शर्मिला वस्नेतले घरमै पुगेका उम्मेदवारलाई स्वागत सम्मान गरिन र मंशीर ४ गतेको चुनावमा आफ्नो मत दिने विस्वास दिलाइन् ।
संघीय उम्मेदवार अशोक राई र प्रदेश सभा ‘ख’ तर्फका उम्मेदवार विजय राईलाई वस्नेतले सडक सुविधा नहँुदाको पीडालाई सुनाउँदै जितेर गएपछि गाउँको कच्ची सडक पक्की वनाउन आग्रह गरेकी छन् । उनले भनिन्,‘वर्षौदेखि हामीले भोगको समस्या सडक सुविधा नहुँदाको हो,जस्ले गर्दा घरमा वस्दा पनि धुलाम्मै भएर वस्नु पर्ने अवस्था रहेको छ ,त्यसैले प्रतिवद्धता मात्रै गरेर होइन पुरा गरेर देखाउनुस्।’
७५ वर्षीय जेष्ठ नागरिक नर बहादुर कार्की लौरो टेकेर उम्मेदवारलाई १३ आरडी स्थित पुतली चौकमा भेटिए । कार्कीले अहिले सम्म एमालेका उम्मेदवारलाई नै भोट हाल्दै आएको र फेरी पनि भोट एमालेकै उम्मेदवारदेखि वाहेक अरु कोही कसैलाई मन नलाग्ने वताए । उनले भने,‘हामी जेष्ठ नागरिकको साहारा भनेको एमाले नै हो,भता पाएका छौं, म मात्रै होइन मेरो दौतिरे उमेरका सवैलाई चुनावमा भोट हालेर उम्मेदवारलाई जिताउन आग्रह गर्दछु ।’
वासिन्दाको जनजीवनको अवस्थालाई घरदैलो अभियानमा पुगेका उम्मेदवार अशोक राई र विजय राईले आम जनताको माग पुरका गराउन प्रतिवद्ध हुने वताए । संघीय सदस्यका उम्मेदवार अशोक कुमार राईले नगरवासीको गुनासो र समस्यालाई आफुले कहिल्यै नविर्सने भन्दै पुरा गर्ने प्रतिवद्धता जनाए । उनले भने,चुनावको घरदैलो अभियान भनेको केवल भोट माग्नु मात्रै होइन,आम नागरिकको समस्या पनि वुझ्नु हो,त्यसैले आफु जितेर गएपछि अवस्य पुरा गर्ने भन्दै आफुलाई छाता चिन्हमा मतदान गर्न र एमालेका उम्मेदवार विजय राईलाई सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
प्रदेश सभा ख तर्फका उम्मेदवार विजय राईले पनि ग्रामीण भेगको समस्या पुरा गर्न नै आफ्नो उम्मेदवारी दिएर जनताको काम गर्न युद्ध मैदानमा आएको वताएका छन् । उनले भने,म जितेर गएपछि पुन फर्केर आउने छु,यहाँहरुसँगै छलफल गर्ने छु,समस्या समाधानको लागि योजना ल्याउँछु ,अहिले म मत माग्छु र गरेर देखाउँछु ।
एमाले जसपाको उम्मेदवारले चतरा र वराहक्षेत्र मन्दिर सम्म पुगेर आम मतदातासँग भोटको लागि अपील गरेका छन् ।
एमाले गठबन्धनको लहर, चतरा –वराहक्षेत्रमा मतदाताको उत्साह
ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1
