Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

संखुवासभामा वाइसीएलका केन्द्रीय सचिव सहित सयौ नेता कार्यकर्ता एमाले प्रवेश

2022 Nov 13 12:28 PM 23

विज्ञापन

Birat Cancer Hospital
संखुवासभामा वाइसीएलका केन्द्रीय सचिव सहित सयौ नेता कार्यकर्ता एमाले प्रवेश

संखुवासभा । चुनाब नजिकिदै गर्दा हिमाली जिल्ला संखुवासभामा माओबादी निकट वाईसीएलका केन्द्रिय सचिब सहित सो पाटीका सयौ कार्यकर्ताहरु एमाले प्रबेश गरेका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संखुवासभाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र गौतमले एमालेको बिचार र सिद्धान्त मन पराएर प्रबेश गर्नु हुने माओबादी केन्द्रका टिका लगाएर नेताहरुलाई स्वागत गर्नु भएको छ ।whatsapp-image-2022-11-13-at-10-09-13-am नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा फर्किन मंसिर ४ अघिसम्म समय दिएको बताएसँगै अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्ने क्रमले तिव्रता पाएको छ । अध्यक्ष ओलीले एक कार्यक्रमलाई सम्बोधन गर्दै खासगरि नेकपा हुँदा एउटै पार्टीमा रहेका नेता कार्यकर्तालाई लक्षित गरि पार्टीमा फर्कन मंसिर ४ अघिसम्म समय दिने बताएका थिए । यसैबीच संखुवासभामा वाइसीएलका केन्द्रीय सचिवसहित नेकपा माओवादीका जिल्ला स्तरका नेता तथा मादी नगर कमिटीका नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा वाइसीएलका केन्द्रीय सचिव रहेका संखुवासभाको मादी नगरपालिका निवासी पृथक पाठकसहितका माओवादीका जिल्ला र नगर कमिटीका नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । मादी नगरपालिकामा भएको नेकपा एमालेको चुनावी कार्यक्रममा नेकपा एमालेमा प्रवेश गर्नेहरुमा नेकपा माओवदी केन्द्र जिल्ला कमिटी सदस्य ग्याल्जेन शेर्पा, वाइसीएल जिल्ला कमिटी सदस्य दिपेश खवास, मादी नगर कमिटी सदस्य शनक बहादुर विक, दावा लामा, प्रेम तामाङ, पासाङ शेर्पा र पासाङ ल्यामु शेर्पा रहेका छन् । उनीहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संखुवासभाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र गौतम, संखुवासभा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार विदुर लिंथेप लगायतका नेताहरुले नेकपा एमालेमा स्वागत गर्नुभयो । पार्टी प्रवेश कार्यक्रममा बौल्दै पृथक पाठकले देशको हित र जनताको जीवनस्तर उठाउने उद्देश्यका साथ नेकपा माओवादीमा आवद्ध भएपनि त्यस पार्टीबाट यो संभव नहुने र नेकपा एमालेबाट मात्र देशको विकास र सम्वृद्धि हासिल हुने देखेर नेकपा एमालेमा प्रवेश गरेको बताउनुभयो । चुनावी अभियान सुरु भएसँगै संखुवासभामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्नेहरुको क्रम बढ्दो छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?