Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोरगंको क्षेत्र नं २ (क)मा चुनाबी माहौल रोचक, बागी उठ्दा मतदाताको रोजाईमा कार्की

2022 Nov 15 1:27 PM 15

विज्ञापन

Birat Cancer Hospital
मोरगंको क्षेत्र नं २ (क)मा चुनाबी माहौल रोचक, बागी उठ्दा मतदाताको रोजाईमा कार्की

मोरगं । मोरङ क्षेत्र नम्वर २ को प्रदेश ’क’ मा नेकपा (एमाले)का उम्मेदवार डिबी कार्कीको सक्रियता उनका प्रतिद्वन्दीहरु भन्दा निकै अघि रहेको छ । उनका मुख्य प्रतिष्पर्धी सत्ता गठबन्धनबाट नेकपा मओवादी केन्द्रका गणेश उप्रेती छन् ।

एमालेबाट नयाँ उम्मेदवार मैदानमा आएपछि युवा मतदाताको ठूलो हिस्साको रोजाइमा कार्की छन् । दुई दशकदेखिको निरन्तरको स्थानीय सामाजिक सेवाले कार्कीको उम्मेदवारीलाई थप दर्बिलो बनाएको छ । जोस, जाँगर र ठोस कार्ययोजनासहित उनी अहिले जनतालाई घरघरै पुगेर भेट्न व्यस्त छन् ।  गठबन्धनका माओवादी उम्मेदवार उप्रेती यो क्षेत्रमा निरन्तर चुनाव हार्दै आएका छन् । उनले २०७० मा दोस्रो संविधानसभाको चुनाव र २०७४ मा प्रदेशसभाको चुनाव हारेका हुन् । लगातारको हारले जनतामाझ त्यसै पनि अलोकप्रिय बनेका उप्रेती गठबन्धनको साझेदार पार्टी कांग्रेसको मत पाउनेमा अहिलेसम्म विश्वस्त हुन सकेका छैनन् । स्थानीय चुनावमा सिर्जित कांग्रेससँगको कटुता अझसम्म मिलाउन नसक्दा उनले कांग्रेसको मत आधा पनि नपाउने स्थिति छ । यो क्षेत्रमा कांग्रेसबाट २ जना बागी उम्मेदवार छन् । फडिन्द्र थापा लाल्टिन र समशेरबहादुर कार्की जेब्रा चिन्ह लिएर कांग्रेसको बागी उम्मेदवार बनेका छन् ।

एमाले एकढिक्का हुनु, उम्मेदवारीमा नयाँ अनुहार हुनु, उम्मेदवार स्वयम् उदार, सहयोगी र सामाजिक घुलमिलको हुनुले यो क्षेत्रमा एमालेले कार्कीलाई र कार्कीले एमालेलाई बलियो बनाएका छन् । चुनाव नजिकिंदै जाँदा तथस्ट र अन्य पार्टीको मतसमेत कार्कीतिर नजिकिंएको छ ।

एमाले १ नम्बर प्रदेश कमिटी सदस्य रहेका कार्कीले शैक्षिक सुधारलाई विशेष जोड दिएका छन् । गुणस्तरीय शिक्षा प्राप्तिको खाकालाई उनले प्रमुखताका साथ उठाएका छन् । युवा रोजगारी उनको अर्को प्राथमिकताको क्षेत्र हो । त्यसैगरी स्वास्थ्यसेवा, कृषिविकासलगायतका विषयहरुको योजना उनले टोलटोलमा गएर प्रस्तुत गरेका छन्।  दलीय व्यवस्थामा चुनाव जित्न पार्टीको ठोस कार्ययोजना, कार्यकर्ताको सहयोग र आमजनताको समर्थन आवश्यक हुन्छ । यी विषयहरुमा कार्की आफ्ना प्रतिद्वन्दीभन्दा धेरै अघि छन्। उनले ब्यक्त गरेका प्रतिवद्धताहरुमा जनविश्वास दिनप्रतिदिन बढ्दै गएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो