बिराटनगर, मंसिर । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । उनले गठबन्धन तर्फबाट उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन् । झाँक्री २ हजार ३५ मतले पराजित भएकी हुन् । विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे भने झाँक्रीले २६ हजार ४ सय ४२ मत पाइन् । साथै नेकपा एमालेका गोकर्ण बिष्टलाई निकटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले बधाई दिएकी छन् । बिष्टलाई ‘दाजु अग्रज’को सम्बोधन गर्दै उनले बुधबार अपरान्ह फेसबुक सन्देश मार्फत भनेकी छन् ‘गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा रहनेछु ।’ नेतृ झाँक्रीले निर्वाचनमा सहभागी हुँदा समाज अध्ययन गर्न सजिलो भएको बताएकी छन् । ‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमाञ्चक रह्यो । ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी,’ उनले भनेकी छन् , ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पींधसम्म पुगेर हेर्ने, बुझ्ने र जान्ने मौका पाएँ ।’ पछिल्लो साढे दुई दशकमा नेपाली समाजमा भएको अराजनीतीकरण लोकतन्त्रको लागि गम्भीर र डरलाग्दो रहेको उनले बताएकी छन्
गुल्मी–२ मा शालिन ब्यक्तित्व गोकर्ण बिष्टको बिजय, झाक्रीको पराजय
ट्रेन्डिङ
कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6
