बिराटनगर । धनुषा क्षेत्र नम्बर ४ मा पुनः नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् । उनले गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्री समेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत मात्रै ल्याएका छन् । यसअघि २०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई २ हजार ५४१ मतान्तरले पराजित गरेका थिए । त्यतिबेला पनि महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए ।
कांग्रेसका महेन्द्र यादवलाई हराउँदै धनुषा-४ मा पुनः एमालेका रघुवीर महासेठ विजयी
ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1
