बिनोद बिष्ट, विराटनगर । काठमाडौ महानगरपालिकाको सिको सिकेर फुटपाथ पसल हटाउनु र नियन्त्रण गर्ने प्रयास गर्नु महानगरपालिकाको लागि घातक भएको ब्यापारीहरु बताएका छन् । विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको प्रयास ठिक भए पनि सधै भोट ब्यांक रहेको सो क्षेत्रका गरिखानेलाई हटाउन नसक्ने ब्यापारीहरुले बताए । हिजो भोट माग्न आउदा उचित ब्यबस्थापन गरेर मात्र हटाउने भन्ने अनि आज तर्साउन खोज्ने मेयर लगायतको टिम नै बिफल हुने तर्क राख्छन् बिराटनगरका रैथाने पसलबालाहरु । महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान शुरु गरेको छ तर त्यो दिर्घकालिन होइन् । जहाबाट शुरु गरेपनि निरन्तरता दिन नसक्ने र उल्टै झमेलामा महानगरपालिका झमेलामा फस्ने देखिन्छ । महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरेको हो । सुचना दिदै महानगरपालिकाले बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका जानकारीमुलक सन्देश सार्वजनिक गरेको थियो । व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो । पसलको सटरभन्दा बाहिर नराख्न आग्रह गर्दै महानगर प्रहरीले हटाएको थियो । पसलबाहिर राखेका किरानाका सामान, टेलिभिजन, फ्रिज, माला, प्लाष्टिकका कुर्सीलगायतका सामान हटाएको छ । अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिएको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ । “विराटनगरलाई साँच्चिकै महानगरजस्तो बनाउन कुनै कसर बाँकी राख्दैनौं,” मेयर नागेश कोइरालाले भने, “हामीले दुई–दुईपटक सार्वजनिक रुपमै सूचना प्रकाशित गरेका थियौं । विराटनगरलाई सुन्दर बनाउनु व्यापारीहरुको पनि कर्तव्य हो । उहाँहरुलाई महानगरले जारी गरेको सूचना कार्यान्वयन गर्न सहयोगका लागि आग्रह गर्दछु ।” यात्रुलाई हिंड्न सहज होस् र बजारको सौन्दर्यतामा वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन सुरु गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । नगर प्रहरी निरीक्षक पौडेलकाअनुसार पहिलोपटकका लागि महानगर प्रहरी आफैंले सामान भित्र राख्न सघाउने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रण गरिनेछ ।
काठमाडौको सिको बिराटनगर महानगरपालिकाको फुटपाथ नियन्त्रण प्रयास अटेर गर्ने व्यापारीका सामान जफथ गर्न नसक्ने ब्यापारीको भनाई
ट्रेन्डिङ
कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6
