Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शेखर कोइरालाले बुद्धिजीवीलाई भने– राजनैतिक दलहरुले देशमा आर्थिक संकट निम्ताए, नेताहरुले राज्यबाट लिने सुबिधा कटौति गर्नु पर्छ ।

2022 Dec 1 11:47 AM 21

विज्ञापन

Birat Cancer Hospital
शेखर कोइरालाले बुद्धिजीवीलाई भने– राजनैतिक दलहरुले देशमा आर्थिक संकट निम्ताए, नेताहरुले राज्यबाट लिने सुबिधा कटौति गर्नु पर्छ ।

बिनोद बिष्ट, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनैतिक दलहरुको कारण नै देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहे बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको र हामी सबै दलका नेताहरुको सोचमा परिबर्तन आएन भने झन समस्या ग्रस्त हुने देखेको छु । तपाईहरुको खबरदारी पनि उत्तिकै जरुरत रहेको बताए । जबसम्म मुलुक आर्थिक रुपमा बलियो हुँदैन तबसम्म देशको विकास हुँदैन,” कोइरालाले भने, “तपाईंहरु बुद्धिजीवीहरुले सहि नेताहरुलाई सहि सुचना दिनु होला, सल्लाह दिनु होला, हामी नेताहरुले लिने राज्यको सुबिधा समेत कटौति गर्नु पर्दछ यस तर्फ तपाईहरुको ध्यान जाहोस् । कतै मैले पनि गलत गरें भने तत्कालै भन्नुहोला ।” नेता कोइरालाले सुशासन, आर्थिक पारशर्शितालाई आफूले प्रमुख एजेण्डा बनाएको समेत सुनाए । सुशासन बिना मुलुकको विकास नहुने दाबी गर्दै कोइरालाले भ्रष्टाचार अन्त्यका लागि सबै दल र नेताले प्रण गर्नुपर्नेमा जोड दिए । नेता कोइरालाले सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउनेसमेत प्रतिबद्धता जनाए । मुलुक अब यथास्थितिमा अगाडि बस्न नसक्ने बताउँदै कोइरालाले आर्थिक रुपमा समृद्ध बनाउने स्पष्ट दृष्टिकोण र लक्ष्यका साथ काम गर्नु आवश्यक रहेको औंल्याए । “अब एकले अर्कोलाई दोष दिएर समय खेर फ्याल्नु हुँदैन । कसरी हुन्छ लगानीको वातावरण बनाएर मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउनुपर्छ,” उनले भने ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?