Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रहरीको कर्तब्य जनतालाई सुरुक्षा दिनु पहिलो काम हो, अरु लाभका काम न्युन हो–महानिरीक्षक सिंह

2022 Dec 6 12:25 PM 12

विज्ञापन

Birat Cancer Hospital
प्रहरीको कर्तब्य जनतालाई सुरुक्षा दिनु पहिलो काम हो, अरु लाभका काम न्युन हो–महानिरीक्षक सिंह

बिनोद बिष्ट, बिराटनगर । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सोलु जिल्लामा पुगेर प्रहरीहरुको मनोबल गिर्ने कुनै काम पनि नगर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुको भवन र शान्ति सुरुक्षा निरीक्षण गर्न पुगेका महानिरीक्षक सिंहले कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिदै नचाहिदा काम नगर्न र जनता प्रति उत्तरदायित्व हुन निर्देशन दिएका हुन् ।4-1 निर्देशनमा महानिरीक्षक सिंहले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र बिकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी तवरबाट प्रहरी कार्य सम्पादन गर्न र सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा जनचेतनाको कमिबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न तर्फ ध्यान दिनु पर्ने बताए । निर्देशनकै क्रममा सिंहले सर्वोच्च शिखर सगरमाथाले परिचित पर्यटकिय जिल्ला सोलुखुम्वुमा भ्रमणको लागि आउनु हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुको आवागमनलाई सहज बनाउन पर्यटकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउन समेत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु दिए । साथै अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै समय समयमा लामो तथा छोटो गस्ति निकाली दुरदराजमा भएका स्थानिय मानिसहरुसंग समन्वय गरी अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र दैविक बिपत्तिहरुमा स्थानिय सरकार तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न र नैतिकता र अनुशासित भई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रममा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दान बहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी बरिष्ठ उपरीक्षक उमाशंकर पंजियार, प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला समेतको उपस्थिति रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो