Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

2022 Dec 9 9:04 AM 15

विज्ञापन

Birat Cancer Hospital
विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने-सामने हुनेछन् । यो खेल लुसेल आइकोनिक स्टेडियममा हुनेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् ।

पाँच पटकको च्याम्पियन ब्राजिल फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको अन्तिम १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोलले पराजित गर्दै ब्राजिलले अन्तिम आठमा स्थान पक्का गरेको हो।

सहज जित हात पारेको ब्रालिलले पहिलो हाफमै चार गोल गरेको थियो। ब्राजिलका लागि भिनिसियस जुनियरले खेलको सातौं मिनेटमै गोल गर्न  सफल भएका थिए।

१३ औं मिनेटमा ब्रालिलले अग्रता दोब्बर पार्‍यो। अघिल्ला खेल चोटका कारण गुमाएपछि मैदान फर्किएका नेइमारले पेनाल्टीमार्फत ब्राजिलका लागि दोस्रो गोल गरेका थिए।

रिचार्लिसनले ब्राजिलका लागि तेस्रो गोल गर्न सफल भए। उनले २९ मिनेटमा ब्राजिलका लागि तेस्रो गोल गर्दा एसियन टिम कोरिया पहिलो आधा घन्टा बित्न नपाउँदै ३-० गोलले पछि पारेको थियो।

पहिलो हाफमै चार गोल खाएपछि कोरियाले दोस्रो हाफमा खेलमा सुधार ल्यायो। ७६ मिनेटमा पार्क सेन्होले  गोल गर्दा कोरियाका लागि सान्त्वना मिलेको थियो।

जित निकालेसँगै अब अन्तिम आठमा ब्राजिल र क्रोएसियाबीच खेल हुने भएको छ।

क्रोएसियाले आजै भएको खेलमा जापानलाई हराएर अन्तिम आठमा स्थान बनायो। निर्धारित र थप गरिएको खेल १-१ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा क्रोएसिया ३-१ ले विजयी भयो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो