विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकाय सहित सरोकारवाला सित छलफल सम्पन्न गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना गरेको हो । विपदको सामना गर्न पूर्वतयारी, विपदका समयमा गरिने कार्यका विषयमा छलफल गरिएको थियो । छलफलमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, सशस्त्र प्रहरीका एसपी, जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी टीकाबहादुर कार्की, नेपाली सेनाका मेजर, नगर प्रहरीका प्रमुख राजन पौडेल, विभिन्न राजनैतिक दलका महानगरस्तरीय समितिका प्रमुख तथा प्रतिनिधिलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । छलफलमा विपदको समयमा उद्धार, राहत वितरण तथा घाइतेको उपचारका विषयमा छलफल गरिएको थियो ।
विपद प्रतिकार्य योजना सम्बन्धि सरोकारवाला सित विषयगत छलफल
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4
