Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नर्भिक हस्पिटलले सुरू गर्यो मिर्गौला प्रत्यारोपण सेवा, कलेजोको पनि सुरू गर्ने तयारी

2023 Jan 4 10:52 AM 20

विज्ञापन

Birat Cancer Hospital
नर्भिक हस्पिटलले सुरू गर्यो मिर्गौला प्रत्यारोपण सेवा, कलेजोको पनि सुरू गर्ने तयारी

बिराटनगर । नेपालमा पहिलो पल्ट नर्भिक अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरू गरेको छ । अस्पतालले एक समारोह गरी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म दुई जनाको सफलतापूर्वक मिर्गौलाको प्रत्यारोपण सम्पन्न गरिएको जनाएको हो । आगामी दिनमा उक्त सेवालई विस्तार गर्दै लगिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । उनले मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्र्षीया पत्नीले दान दिएको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको हो भने ५४ वर्र्षीय अर्र्का पुरुषमा उनकी ३० वर्र्षीया छोरीले दिएको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । अस्पतालले कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया अगाडि बढाइसकेको जनाएको मिश्रले जानकारी दिए । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाह गर्दै आएको हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा पनि सुरू गरेको हो । ‘सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएका दुई वटा केशमध्ये पहिलो केही जटिल रहेको थियो । पहिलो पटक नर्भिकमा मिर्गौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्यालगायत जटिलता थियो । तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको छ,’ हस्पिटलले जनाएको छ । मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरू भएको मिर्गौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्ने सीईओ मिश्रको भनाइ छ । साथै, नर्भिक इन्टरनेशनल हस्पिटलले कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि अनुमति लिने प्रक्रिया अगाडि बढाइसकिएको हस्पिटलको भनाइ छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?