बिराटनगर । श्री आधारभुत बिद्यालय कन्चनबारीमा ऋषिदेब समुदायबाट अध्ययन गर्न आउने बालबालिकाहरुलाई ज्याकेट, टरयाकसुट र स्टेसनरी निःशुल्क बितरण गरिएको छ । नेकपा एमाले मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देलको सहयोगबाट बिद्यालयका दुईदर्जन भन्दा बढी बिपन्न बर्गका जेहेन्दार विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको हो । बिध्यालयका प्रधानाध्यापक राजेन्द्र घिमिरे सहित बिद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा स्टेशनरी र ज्याकेट वितरण गरिएको हो । यसै गरी सम्पर्क मन्चका अध्यक्ष शुभाष सिग्देलले बिराटनगर महानगरपालिका वार्ड न ४ मा रहेको ऋषिदेब बस्तिका बालबालिकाहरुलाई पनि न्यानो ज्याकेट, मुजा, अध्ययनका लागि स्टेशनरी दिने बचन दिनु भएको हुनाले सो कुरा पुरा गर्नु भएको प्रेश चौतारी नेपाल प्रदेश १ का अध्यक्ष अबिजाल बिष्टले जानकारी दिनु भयो । समाजमा यस्ता धेरै काम हुन्छ जुन लक्षित समुदायहरुले पाउने गर्देन तर यस कामले बिद्यालयमा नियमित बालबालिकाहरु आउनमा प्रेरित गर्नेछ । नहरछेउमा बसोबास गर्ने ऋषिदेब समुदायमा धेरै बिद्यार्थीहरु बिद्यालय आउन नमानिरहेको अबस्थामा बिद्यालयले दैनिक खाजा नास्ताको ब्यबस्था गरेर उनीहरुको अभिभावकहरुलाई शिक्षाको बारे जानकारी गराउन सक्दा बच्चाहरु नियमति बिद्यालय आउन थालेको बिद्यालयका प्रअ राजेन्द्र घिमिरेले बताए । बालबिकास कक्षा देखि कक्षा ६ सम्मका न्यनतम १ सय ७० जना बिद्यार्थी देखि बिद्यालयमा सो दिन उपस्थिती भएका २ सय ३० जना बिद्यार्थीहरुले समेत दिवा खाजा खान पाउछन् । बिद्यालय खुलेपछि बिद्यार्थीहरुको संख्या गनेर नजिकै रहेको स्थानीय होटलबाट बिद्यार्थीहरुले नै बनाएको साप्ताहिक मेनु अनुसार प्याकिगं भई दिवा खाजा बिद्यालयमा आउने गरेको खाजा बितरण संयोजक शिक्षिका लेखा पोखरेले बताइन् । बिद्यालय प्रशासनले हालै १० कोठे भवन सम्पन्न गरेको छ भने ४ कोठे भवन बिद्यालयको पुर्बाधार निर्माणाधिन अबस्थामा छ । बिद्यार्थीहरुलाई नियमित गर्न शैक्षिक गुणस्तरका साथै बिज्ञान प्रयोगशाला, बालमैत्री शौचालय, स्वच्छ खानेपानीको ब्यबस्थापन अझै बिद्यालयको चुनौति छ । जे भए पनि हरेस खादैनौ बिद्यालय बनाएर छाडछौ, बिद्यार्थीहरुलाई नियमित बिद्यालय आउन र बिद्यार्थीहरुको अगुवाईमा बिभिन्न कृयाकलाप सन्चालन गर्ने तर्फ बिद्यालय प्रशासनको सोच रहेको हुदा दातृ निकाय सहित स्थानीय निकायहरुको सहयोगको अपेक्षा समेत राखेको बिद्यालयका प्रअ राजेन्द्र घिमिरेले बताए ।
कन्चनबारीको बिद्यालयमा पढने ऋषिदेब समुदायका बिद्यार्थीहरुलाई न्यानो ज्याकेट बितरण
ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1
