Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रोहिणी रसिकको ‘छन्द आराधना’को विमोचन

2023 Mar 19 10:11 AM 21

विज्ञापन

Birat Cancer Hospital
रोहिणी रसिकको ‘छन्द आराधना’को विमोचन

विराटनगर / कवि रोहिणी रसिकद्वारा लिखित ‘छन्द आराधना’ कवितासंग्रहको एक समारोहका बीच विमोचन गरिएको छ । खोटाङ सामाजिक सेवा मञ्चले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘छन्द आराधना’ कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार हरिप्रसाद रिमाल, डा. भागवत आचार्य, अग्रज साहित्यकार दधिराज सुवेदी, विवश पोखरेल, गंगा सुवेदी, बलराम पोखरेल, विराटनगर ३ का वडाध्यक्ष वासुबहादुर बस्नेतलगायतले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गर्नुभएको थियो । आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज समालोचक दधिराज सुवेदीले विमोचित कृतिको समीक्षा गरे । त्यस्तै साहित्यकार मधु पोखरेल, बाबुराम पोखरेल, भरत गुरागाईं बर्बरिक, आयोजक संस्थाका कोषाध्यक्ष फण्डिन्द्र पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा कवि मञ्जुश्री गिरी, किशोर कोइराला, यशोदा अधिकारी आचार्य, प्रिन्स प्रमोद ढकालले विमोचन भएको संग्रहभित्रका कविता वाचन गरका थिए । ‘छन्द आराधना’ कवितासंग्रहभित्र विभिन्न विषयलाई आधार मानेर लेखेका ७२ वटा कविता समावेश गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?