Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सीमा वारपार व्यापारका समस्याबारे मोरङ व्यापार संघ र भारतीय पक्षबीच छलफल

2023 Mar 26 9:34 AM 19

विज्ञापन

Birat Cancer Hospital
सीमा वारपार व्यापारका समस्याबारे मोरङ व्यापार संघ र भारतीय पक्षबीच छलफल
विराटनगर । मोरङ व्यापार संघले सीमा वारपार व्यापारका समस्याबारे भारत सरकारको राजस्व विभागका प्रतिनिधिसँग छलफल गरेको छ । सीमा नाका जोगबनीमा आएका केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डका सदस्य सञ्जयकुमार अग्रवालसहितको टोलीसँग संघका प्रतिनिधिले भेटघाट गरेका हुन् । अग्रवालसहित पटना भन्सार क्षेत्रका मुख्य आयुक्त अजय सक्सेना र पटना भन्सारका प्रधान आयुक्त श्री पीके कटियारको टोलीलाई एकीकृत जाँच चौकी जोगबनीमा स्वागत गरी भेटघाट गरेको संघले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठी, वाणिज्य उपाध्यक्ष अनिलकुमार साह, सदस्य अमित सारडा र श्याम राठीे टोलीमा सहभागी थिए । संघका उपाध्यक्ष अनुपम राठीले मोरङ–सुनसरी आर्थिक कोरिडोरका लागि हाल समस्या देखिएका बिषयबस्तुहरुमाथि आवश्यक व्यवस्था गर्नु पर्ने भएको हुनाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । रेलमार्गबाट आई.सी.पी., जोगबनीसम्म बल्क कार्गो र कन्टेनरहरुको आवतजावतको व्यवस्था गरिनुपर्ने, नेपालका कृषि उत्पादन निर्यात गर्न आइ।सी।पी।, जोगबनीमा पीएफए टेस्ट ल्याब प्रयोगशाला र खाद्य क्वारेन्टाईन कार्यालय स्थापना गरी पोर्ट हेल्थ अफिसर नियुक्त गरिनु पर्ने, हाल जुट निर्यातमा प्रत्येक ट्रक पिच्छे अनिवार्य गरिएको ओजो सर्टिफिकेशनलाई सहज गरिनुपर्ने लगायतका सुझाव राठीले अवगत गराए । कार्यक्रममा आइ.सी.पी., जोगबनीका व्यवस्थापक रत्नाकर यादवले आई.सी.पी., जोगबनीका गतिविधिहरुबारे नेपालका प्रतिनिधिहरुलाई अवगत गराएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?