Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँडको लगभग टुंगो लाग्यो

2023 Mar 29 7:18 PM 23

विज्ञापन

Birat Cancer Hospital
सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँडको लगभग टुंगो लाग्यो
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रालय बाँडफाँडको टुंगो लगाएको भनिए पनि अझै पूर्ण निर्णयमा नपुगेको देखिएको छ । बुधबार दिनभरि बसेर गरिएको निर्णयलाई बिहीबारमात्रै पूर्णता दिइने खबर सार्वजनिक भएकाृे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको बैठकमा सहभागी जनता समाजवाद पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले पत्रकारलाई जानकारी दिनुभयो । कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १, जनमत पार्टीलाई १ राज्यमन्त्रीसहित १ मन्त्रालय र नेपाल समाजवादी पार्टी (नेसपा) लाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ । कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइनसकेको श्रेष्ठले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा भने छलफल नभएको उहाँले बताउनुभयो । भोलि बिहीवार सरकार विस्तार गरेर भोलि नै शपथ ग्रहण गराउने तयारी भएको पनि नेता श्रेष्ठले बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?