Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गठबन्धन भत्काउने कुनै योजना नभएको एमाले महासचिव पोखरेलको भनाइ

2023 Mar 29 10:01 PM 20

विज्ञापन

Birat Cancer Hospital
गठबन्धन भत्काउने कुनै योजना नभएको एमाले महासचिव पोखरेलको भनाइ
दाङ । एमाले महासचिव शंकर पोखरेलले १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको प्रष्ट पार्नु भएको छ । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता मौलाएको भन्दै एमाले तत्काल गठबन्धन भत्काउन नलाग्ने बताउनु भयो । उहाँले भन्नुभयो , 'हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरकारले देश र जनताका पक्षमा काम गरेमा हामी साथ दिन्छौ । फेरि सरकारमा पुग्न गठबन्धन भत्काउन सोच राख्दैनौँ ।' पोखरेलले सरकार देश र जनताभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधी गतिविधिमा लागे एमालेले सधैँ विरोध गर्ने बताउनु भयो । विगतमा आरजू राणा र जनार्दन शर्माका कारण देशको अर्थतन्त्र कमजोर भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकारकै कारण अर्थतन्त्र तहसनहस भएको टिप्पणी गर्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?