Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ताप्लेजुङमा एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सफलतापूर्वक सम्पन्न

2023 Mar 30 9:28 AM 21

विज्ञापन

Birat Cancer Hospital
ताप्लेजुङमा एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सफलतापूर्वक सम्पन्न
ताप्लेजुङ । ताप्लेजुङ जिल्लास्तरीय एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएको छ । एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको हो । एमालेका कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम, कोशी प्रदेशका अध्यक्ष तुलसी न्यौपानेलगायतले प्रशिक्षण दिएका थिए । एमाले अबका दिन कसरी अगाडि बढ्ने, वर्तमान राजनीतिक घटना क्रममा एमालेका अगुवा कार्यकर्ताले खेल्नुपर्ने भूमिकालगायतको विषयमा प्रशिक्षण दिइएको थियो । केही समयअघि एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरणका लागि  फागुन १ गतेदेखि दुई महिने 'मिसन ग्रासरुट' अभियान सञ्चालन गर्ने एमालेले निर्णय गरेको थियो । ‘मिसन ग्रासरुट’ अभियानका क्रममा एमालेका केन्द्रीय सदस्यहरूले स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ। अभियान सञ्चालनअघि फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?