Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बाँकी क्याम्पसको स्ववियु निर्वाचन छिटो गर्न अनेरास्ववियुको माग

2023 Mar 30 8:58 PM 21

विज्ञापन

Birat Cancer Hospital
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन बाँकी क्याम्पसहरूमा यथाशीघ्र निर्वाचन गराउन माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी आवश्यक सुरक्षा प्रबन्ध सहित निर्वाचन हुन बाँकी क्याम्पसमा निर्वाचन सम्पन्न गराउन माग गर्नुभएको हो । अनेरास्ववियुले निर्वाचन बिथोल्ने र प्राध्यापकहरूमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न समेत माग गरेको छ । ‘राज्य संरक्षित भएर यस्ता खाले कानुन हातमा लिने हर्कत कायम रहे विश्वविद्यालय जोगाउन अनेरास्ववियु अप्रिय कदम उठाउन बाध्य हुनेछ, परिस्थितिले सिर्जित परिणामको जिम्मेवार स्वयम नेपाल सरकार हुनेछ’, अनेरास्ववियुले चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालयको ६२ आङ्गिक क्याम्पस मध्ये ४५ आङ्गिक क्याम्पस र करिब ३ सय सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएर परिणाम आउँदा अनेरास्ववियु पहिलो भएको विज्ञप्तिमा उल्लेख छ । बाँकी क्याम्पसको पनि यथाशीघ्र निर्वाचन पक्रिया अघि बढाउन अनेरास्ववियुले माग गरेको छ । 'विश्वविद्यालयको स्ववियु निर्वाचन गर्न बाँकी आङ्गिक तथा सामुदायिक क्याम्पसमा निर्वाचन सम्पन्न गर्न सहजीकरण गर्ने उद्देश्यले अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको नेतृत्वले छलफल गरी विश्वविद्यालयको निर्वाचन निर्देशिका बमोजिम १० दिन भित्र निर्वाचन सम्पन्न गर्न आवश्यक सहजीकरण गर्न त्रिवि उपकुलपति समक्ष अनुरोध गर्नको निम्ति आवश्यक भेटघाटको समय माग उपकुलपति प्रा।डा। धर्मकान्त बास्कोटासँग बसिरहेको अवस्थामा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा आएको अराजक समूहले बैठक हल भित्र प्रवेश गरी उपकुलपतिसँग आउनुभएका त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख समेत रहनु भएका सहप्राध्यापक पशुपति अधिकारी माथि अपशब्द बोल्दै पानीको बोतल, सिसाका गिलास र कुर्सी प्रहार गरी दुर्व्यवहार गरेको घटना प्रति अनेरास्ववियु खेद प्रकट गरेको छ । ‘पराजित मानसिकताबाट गरिएका यस्ता हर्कतले उक्त संगठनको निर्वाचन प्रतिको असलियत नाङ्गिएको छ’, विज्ञप्ति लेखिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?