Live
| बुधबार, बैशाख ९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एमाले मोरङ-काठमाडौं सम्पर्क मञ्च मिसन ग्रासरुटअन्तर्गत पालिकास्तरीय पुनर्गठन र प्रशिक्षण सम्पन्न

2023 Apr 1 10:49 AM 5

विज्ञापन

Biratkhavar
एमाले मोरङ-काठमाडौं सम्पर्क मञ्च मिसन ग्रासरुटअन्तर्गत पालिकास्तरीय पुनर्गठन र प्रशिक्षण सम्पन्न
काठमाडौं । नेकपा (एमाले) मोरङ–काठमाडौं सम्पर्क मञ्च मिसन ग्रासरुट अन्तर्गत पालिकास्तरीय मन्च पुनर्गठन तथा बृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय नेतादेखि अगुवा कार्यकर्ताको सहभागितामा शनिबार काठमाडौंको एम्बिसन एकेडेमी बानेश्वरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले एमालेको मिसन ग्रासरुट अभियानको समबन्धमा प्रकाश पार्नुभयो । उहाँले एमालेले अघि सारेको मिसन ग्रासरुट अभियानलाई गाउँसहरका जनताले मन पराएको जनाउनु भयो । उहाँले यस अभियानले एमालेका नेता, अगुवा कार्यकर्ता र जनताबीच गहिरो सम्बन्ध राख्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । शनिबारको कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष, एमाले अगुवाकर्ता, सदस्यलगायतको उल्लेख्य उपस्थिति रहेको थियो । ग्रासरुट अभियानकै सिलसिलामा मोरङ जिल्लामा रहेका १७ वटा पालिकाको कमिटी पुनर्गठन पनि गरिएको छ । सम्पर्क मञ्चले मोरङका १७ वटा पालिकामा संयोजक तोकेर पाँच सदस्यीय समिति पुनर्गठन गरेको छ । मोरङका विभिन्न पालिकामा स्थायी बसोबास भइ कामका सिलसिलामा काठमाडौंमा बस्दै आएका एमालेमा आबद्ध सदस्यहरु संगठित छन् । यसैक्रमा १७ वटा पालिकास्तरीय मञ्च पुनर्गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । एमाले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मुख्य नारा साथमा लिएर मिसन ग्रासरुट अभियान सञ्चालन गरिरहेको छ ।  

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु