Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

डिजल, मट्टीतेल, हवाई इन्धन र पेट्रोलको भाउ घट्यो

2023 Apr 4 8:22 AM 22

विज्ञापन

Birat Cancer Hospital
डिजल, मट्टीतेल, हवाई इन्धन र पेट्रोलको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले डिजल, मट्टीतेल र हवाई इन्धन र पेट्रोलको भाउ आजदेखि घटाएको छ । निगम सञ्चालक समिति बैठकले डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाउने निर्णय गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ । अब डिजल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँले घटाएर एक सय ७५ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ । भारतबाट मूल्य घटेर आए पनि नेपालमा नघटेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । निगमले लिटरमै १० रुपैयाँ भाउ घटाएपछि अब सार्वजनिक गाडीको भाडा पनि घट्ने छ । पेट्रालियम पदार्थको भाउ पाँच प्रतिशतले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?