Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बर्जुमा हनुमान मन्दिर पुनःनिर्माण

2023 Apr 6 7:20 PM 15

विज्ञापन

Birat Cancer Hospital
बर्जुमा हनुमान मन्दिर पुनःनिर्माण
इनरुवा । सुनसरीको गाउँपालिका–२ भीमपुरस्थित हनुमान मन्दिर पुनःनिर्माण गरी नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । विराटनगरका समाजसेवी धनप्रसाद श्रेष्ठ र गङ्गादेवी श्रेष्ठले २०३० सालमा उक्त मन्दिर निर्माण गर्नुभएको थियो । धन–गङ्गा स्मृति’ प्रतिष्ठानद्वारा विहीबार आयोजित कार्यक्रममा उक्त मन्दिरमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताउनुभयो । स्वर्गीय श्रेष्ठले मन्दिर स्थापना गरिएको क्षेत्रमा स्वास्थ्य चौकीसमेत खोल्नुभएको थियो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले हनुमानको नयाँ मूर्ति प्रतिस्थापन गर्दै सबै मिलेर धर्म, संस्कृति, भाषा र कलाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । धर्म र संस्कृतिमाथि आक्रमण भइरहेको चर्चा गर्दै उहाँले ठाउँठाउँमा निर्माण हुने यस्ता मठमन्दिरले धर्म र संस्कृतिको संरक्षणमा बल पुग्ने धारणा व्यक्त गर्नुभयोे । बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले भीमपुरको विकासमा स्व। श्रेष्ठको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । उहाँले श्रेष्ठकै पहलमा केशलीया नदीमा पुल पनि निर्माण भएको बताउनुभयो । स्व। श्रेष्ठका जेठा छोराबुहारी कृष्णप्रसाद श्रेष्ठ तथा त्रिपुरारानी श्रेष्ठले उपलब्ध गराउनुभएको रु ५० लाखबाट मन्दिर पुनःनिर्माण गरिएको उक्त प्रतिष्ठानका प्रतिनिधि निश्चल श्रेष्ठले जानकारी दिनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो