Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रविधि विश्लेषण अनुसन्धान तालिम सम्पन्न

2023 Apr 7 7:44 PM 22

विज्ञापन

Birat Cancer Hospital
प्रविधि विश्लेषण अनुसन्धान तालिम सम्पन्न

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयमा सञ्चालन भएको पाँच दिनको प्रविधि विश्लेषण अनुसन्धान तालिम सम्पन्न भएको छ । यही चैत २० गतेदेखि सञ्चालन भएको सो तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा १४ वटै जिल्ला प्रहरी कार्यालय र सोअन्तर्गत रहेका मुद्दा चल्ने इलाका प्रहरी कार्यालयबाट ४० प्रहरी अधिकृतको सहभागिता रहेको थियो । प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै तालिममा सिकेको ज्ञान र सीपलाई कार्य क्षेत्रमा अक्षरसः कार्यान्वयन गरी अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी उपरीक्षक श्यामकुमार मण्डलसहितको प्राविधिक प्रहरी टोलीले सूचना तथा प्रविधिको प्रयोग गरी अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन तालिममा सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । तालिममा उहाँले डिजिटल फोरेन्सिक, मोबाइल फोरेन्सिक,र्‍याम कैद र सिडीआर विश्लेषणसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?