Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विकासका काममा साझेदारी गर्न कोशी प्रदेश समन्वय परिषद् गठन

2023 Apr 13 5:58 PM 23

विज्ञापन

Birat Cancer Hospital
विकासका काममा साझेदारी गर्न कोशी प्रदेश समन्वय परिषद् गठन
विराटनगर । प्रदेश समन्वय परिषद् कोशी गठन भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश समन्वय परिषद् कोशी गठन गर्नु भएको हो । स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट मुख्यमन्त्रीले समन्वय परिषद्मा सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ । परिषदमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय पदेन सदस्य रहने व्यवस्था रहेको छ । परिषद्ले प्रदेश सरकार र स्थानीय सरकारबीच विकास निर्माणमा साझेदारी गर्ने र बजेट कार्यान्वयन गराउन सहजीकरण गर्ने छ । यस्तै, परिषद्ले प्रदेश सरकारलाई नीति निर्माण गर्ने आवश्यक सुझाव लिने काम गर्ने छ । यस्तै, परिषद्ले स्थानीय तहमा भएका नीतिगत समस्या समाधानका लागि प्रदेश सरकारलाई सुझाव दिने र लिने काम गर्छ । मुख्यमन्त्री कार्की ३ जना नगरप्रमुख, ३ जना उप प्रमुख, ३ जना गाउँपालिका अध्यक्ष, ४ जना उपाध्यक्ष र एक जना जिल्ला समन्वय समितिका प्रमुखलाई प्रदेश समन्वय परिषदमा मनोनीत गरेको प्रमुख स्वकीय सचिव जीवन कार्कीले बताउनु भयो् । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश समन्वय परिषदमा पाथीभरा यांगवरक गाविस ताप्लेजुङका अध्यक्ष केशर कुमार सुब्बा, मिक्लाजुंग गाउँपालिका पाँचथरका उपाध्यक्ष अमरराज माखिम, इलाम नगरपालिकाका मेयर केदार थापा, दमक नगरपालिकाका मेयर राम थापालाई मनोनीत गर्नु भएको छ । यस्तै, परिषद्को सदस्यमा विराटनगर महानगरका उप मेयर शिल्पा कार्की, इटहरी उपमहानगरका उप मेयर सङ्गीता चौधरी, लिखु गाउँपालिका ओखलढुङ्गाका उपाध्यक्ष अस्मिता थापा ,छथर जोरपाटी गाउँपालिका धनकुटाका उपाध्यक्ष गीता खेवा, छथर गाउँपालिका तेह्रथुमका अध्यक्ष सन्तवीर लिम्बु, धर्मदेवी नगरपालिकाका उप मेयर तारा महत परिषद्को सदस्यमा मनोनीत भएका छन् । यस्तै, षडानन्द नगरपालिका भोजपुरका प्रमुख सुरेन्द्र कुमार उदास, जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष गौरबहादुर विश्वकर्मा, केपीलास गढी गाउँपालिका खोटाङका उपाध्यक्ष गुरुराम राई , र थुलुंग दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राई समन्वय परिषद्को सदस्यमा मनोनीत भएका छन्  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?