Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भोजपुरका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले भरिए

2023 Apr 14 2:53 PM 15

विज्ञापन

Birat Cancer Hospital
भोजपुरका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले भरिए
भोजपुर । नयाँ वर्ष २०८० को अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रमा पर्यटक बढेको छ । यहाँका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थानमा आन्तरिक पर्यटकले भरिएका हुन् । ती मध्ये सुन्दर पर्यटकीय क्षेत्र सुन्तले र बाघखोरमा बढी मात्रामा पर्यटक पुगेका छन् । यो सदरमुकामबाट नजिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रुपमा स्थापित स्थान हो । सडकको सञ्जाल जोडिएपछि टेम्केमैयुङ चखेवा र टेम्के डाँडामा पनि मानिस नयाँ वर्ष मनाउन पुगेका छन् । प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि यहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटक सुन्तले पुग्ने गरेका छन् । भोजपुर सदरमुकाम र दिङ्ला सडकखण्डमा पर्ने यी स्थानमा पुग्नको लागि पर्यटकलाई सहजता छ । खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबैभन्दा उपयुक्त गन्तब्य बनेको छ । सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ । सदरमुकामबाट करिब १० किलोमिटर दूरीमा सुन्तले र १२ किलोमिटरको दूरीमा बाघखोर पर्दछ । यी क्षेत्रको स्थानीय तहहरुले पनि पर्यटीकय क्षेत्रको रुपमा विकास गरिरहेका छन् । समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा रहेको छ । सगरमाथा, मकालु कञ्चनगङ्घा, गौरीशङ्खरलगायत हिम शृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङडाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवा भञ्ज्याङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् । पर्यटकलाई लक्षित गरेर यहाँ भ्यू टावरसँगै, वन भोजस्थलसमेत निर्माण गरिएको छ । खास गरेर यहाँ राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ । स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्यम वनको छ । यहाँ आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आउनुभएका गणेश तामाङले बताउनुभयो । यो क्षेत्रको अझ विकास गर्नसके पर्यटकको सङ्ख्या बढ्ने तामाङको भनाइ छ । “नयाँ वर्षको अवसरमा पर्यटक बढेका छन्”, उहाँले भन्नुभयो, “नयाँ वर्षमा यहाँ बाहिरी जिल्लाबाट समेत पर्यटक आउने गरेका छन् । खास गरेर यहाँको मनोरम दृश्य र स्थानीय परिकारले पर्यटकलाई लोभ्याउने गर्दछ”, प्रायः भोजपुर आएका मानिस एक पटक सुन्तले पुग्ने गरेको तामाङको भनाइ छ । पर्याप्त पूर्वाधार नभएको कारण धेरैको सङ्ख्यामा पर्यटक आए भने व्यवस्थापनमा कहिलेकाहीँ समस्या हुने गरेको तामाङको भनाइ छ । नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूर्ति, बाघको मूर्ति निर्माण भएको छ । यो पनि यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । असोज महिनापछि पर्यटकको आवगमन झन बढ्ने तामाङको भनाइ छ । लोकल कखुरा र कोदोको ढिडो तोङ्वा, सुकुटी तथा अन्य स्थानीय परिकारको स्वाद लिन पर्यटक रुचाउने गरेका छन् । पर्यटकलाई लक्षित गरेर घोडा चडेर ९हर्ष राइडिङ० घुम्ने व्यवस्थासमेत गरिएको छ । घोडा चडेर आनन्द लिन पनि पर्यटक पुग्ने गरेका छन् । यहाँ धूपी, चाइनिज गुलाफ, चाँप, लालीगुराँसलगायतका गरी एक हजार बिरुवा रोपिएको छ । त्यस्तै चिया खेती विस्तार गर्ने लक्ष्य लिएको जनाइएको छ

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो