Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रधानमन्त्री प्रचण्ड चाँडै पदमुक्त हुने सिके राउतको संकेत

2023 Apr 15 2:18 PM 22

विज्ञापन

Birat Cancer Hospital
प्रधानमन्त्री प्रचण्ड चाँडै पदमुक्त हुने सिके राउतको संकेत
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब पदमुक्त हुने संकेत गर्नु भएको छ । उहाँले मधेश प्रदेशमा पनि मुख्यमन्त्री आँफै बहिर्गमन हुने खुलासा गर्नुभयो ।
नेता रावतले प्रधानमन्त्रीमा प्रचण्ड कति दिन टिक्ने हो भन्ने ठेगानचाहिँ नभएको टिप्पणी गर्नु भएको छ । पछिल्लो समय बैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने चर्चा चलिरहेको बेलामा राउतको यस्तो भनाई आएको हो । राउतको सचिवालयले फेशबुकमार्फत भनेको छ– ‘यहाँ प्रधानमन्त्री आफैं त कति दिन टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचनपछि आफैं बहिर्गमन हुँदैछ। यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन। चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको।’ यसैबीच केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अब चाँडै नै सत्ताको बागडोर कांग्रेसले लिने बताउनु भएको थियो । कांग्रेस सभापति देउवा र जनमत पार्टीका अध्यक्ष राउतका अभिव्यक्तिले प्रचण्ड सरकारबाट चाँडै बाहिरिने संकेत देखिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?