Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशमै 'पूर्ण खोप सुनिश्चितता' गर्ने पहिलो पालिका बन्यो विराटनगर

2023 Apr 16 9:51 PM 20

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशमै 'पूर्ण खोप सुनिश्चितता' गर्ने पहिलो पालिका बन्यो विराटनगर
विराटनगर । विराटनगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विशेष उपस्थितिमा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेका स्थानिय तहमध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । अहिलेसम्म विराटनगर महानगरपालिकामा १७ हजार ५०२ बालबालिकालाई खोप लगाइसकिएको छ । जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्नुभयो । उहाँले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाणपत्र पनि प्रदान गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले विराटनगर महानगरपालिका एक कदम अगाडि बढेको जनाउनु भयो । विराटनगर प्रदेशको राजधानी र कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पूर्ण खोप सुनिश्चितता भएको पालिका हुनु गौरवको विषय भएको उहाँले चर्चा गर्नु भयो । कार्यक्रममा मेयर नागेश कोइरालाले सबैको साथ र सहयोगले नै विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नु भयो । १७ हजार ५०२ बालबालिकाहरूमध्ये १ हजार ५९२ जना बालबालिकाहरू पूर्ण खोप लगाउनबाट छुटेका थिए । उनीहरूलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरूले खोप लगाइसकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?