Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एकीकृत समाजवादीसँग वाक्क हुँदै नेता, नरेश ज्ञवाली एमालेमा प्रवेश

2023 Apr 21 8:55 PM 21

विज्ञापन

Birat Cancer Hospital
एकीकृत समाजवादीसँग वाक्क हुँदै नेता, नरेश ज्ञवाली एमालेमा प्रवेश
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेकपा एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा लाग्नुभएका ज्ञवालीले सो पार्टीका काम नभएको भन्दै परित्याग गरेको घोषणा गर्नु भएको हो । ज्ञवालीले पार्टी बिभाजनको पुष्टि नभएको र जनताले माधव नेपाल नेतृत्वको पार्टीलाई अस्वीकार गरी सजाय दिएकोले सो पार्टी छाडेको बताउनु भएको छ । शुक्रबार ज्ञवालीले विभाजनको औचित्य पुष्टि भएन भन्दै ज्ञवालीले पार्टी परित्याग गर्नुभएको जनाइएको छ । 'विभाजनले दलाल पूँजीवाद र बिचौलियालाई मात्रै खुसी बनाउने भयो । त्यसैले मैले उक्त पार्टी परित्याग गर्ने निर्णय गरेको हुँ’, ज्ञवालीले भन्नुभयो । ज्ञवाली एमालेको स्थापनाकालदेखि सक्रिय नेता हुनुहुन्छ । 'कोके, माले, एमाले हुँदै मैले तीस दशक राजनीतिमा बिताएको छु, तर एकीकृत समाजवादीमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने देखिनँ', ज्ञवालीले भन्नुभयो । ज्ञवालीलाई एकीकृत समाजवादीले केन्द्रीय लेखा परिक्षण आयोग सदस्यको जिम्मेवारी दिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?