Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशीका मन्त्री राजभण्डारी सम्मानित, पुरस्कृत रकममा थपेर ५० हजार ट्रष्टलाई सहयोग

2023 Apr 21 10:02 PM 15

विज्ञापन

Birat Cancer Hospital
कोशीका मन्त्री राजभण्डारी सम्मानित, पुरस्कृत रकममा थपेर ५० हजार ट्रष्टलाई सहयोग
विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी 'राष्ट्रिय पुरस्कार २०८०' बाट सम्मानित हुनु भएको छ । दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गले मन्त्री राजभण्डारीलाई 'राजभण्डारी राष्ट्रिय पुरस्कार'द्धारा सम्मान गरेको हो । मन्त्री राजभण्डारीले राजनीतिमा सक्रिय हुँदै सामाजिक, शैक्षिक, पर्यटन, उर्जा, स्वास्थ्यलगायतका क्षेत्रको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको छ । राजनैतिक बाहेकका क्षेत्रहरु रेडक्रस, सामाजिक संघसंस्था, धार्मिक एवं साँस्कृतिक क्षेत्रमा समेत मन्त्री राजभण्डारीले योगदान पुर्याउँनु भएकाले सम्मान गरिएको जनाएको छ । राजभण्डारी भक्तपुरबाट बाग्लुङ्ग पुगेको २१८ औं वर्ष गाँठको अवसरमा ट्रष्टका तर्फबाट मन्त्री राजभण्डारीलाई सम्मानपत्र, नगद २५ हजारसहित दोसल्लाओढाएर सम्मान गरिएकोअध्यक्ष काजी रोशनले जानकारी दिनु भएको छ । २०७८ मा स्थापना भएको ट्रष्टले हरेक वर्ष राष्ट्रका बिभिन्न क्षेत्रमा उल्लेखनिय टेवा पुर्याउने राजभण्डारीहरुलाई सम्मानगर्दै आएको संरक्षक रामकुमार राजभण्डारीले यस सञ्चारमाध्यमलाई थप जानकारी दिनु भयो । राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि मन्त्री राजभण्डारीले यस सम्मानले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिनु भएको छ । लामो समयदेखि सेवाभाव मनमा राखेर कार्य गरेको तथा अझैपनि थुप्रै सामाजिक विकासका कार्य गर्न बाँकी रहेको मन्त्री राजभण्डारीले उल्लेख गर्नु भएको छ । यसैबीच मन्त्री राजभण्डारीले दोर्ण–पद्य–प्रेम राजभण्डारी मेमोरियल ट्रष्ट, बाग्लुङ्गलाई ५० हजार रुपैयाँ सहयोग गर्नु भएको छ । उहाँले राष्ट्रिय पुरस्कार अन्तर्गत सम्मान स्वरुप प्राप्त भएको २५ हजार रुपैयाँ नगदमाआफ्नो तर्फबाट पुनः २५ हजार रुपैयाँ थप गरी ट्रष्टको थप व्यवस्थापन र अन्य सामाजिक कार्यका लागि ५० हजार रुपैयाँ ट्रष्टलाई हस्तान्तरण गर्नु भएको हो । मन्त्री राजभण्डारीका तर्फबाट सहयोग स्वरुप प्राप्त भएको ५० हजार रुपैयाँ आगामी दिनमा सामाजिक क्षेत्रमा प्रयोग गरिने ट्रष्टले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो