Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रधानमन्त्रीले कोशी प्रदेशमा अस्थिरता मच्चाएको एमालेको आरोप

2023 Apr 28 8:01 PM 19

विज्ञापन

Birat Cancer Hospital
प्रधानमन्त्रीले कोशी प्रदेशमा अस्थिरता मच्चाएको एमालेको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीले कोशी प्रदेशमा अस्थिरता मच्चाएर खेल्न खोजेको आरोप लगाएको छ । शुक्रबार पार्टी कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव विष्णु रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बारम्बार आक्रमण भइरहँदा सुरक्षा प्रशासन मुकदर्शक बनेको बताउनु भयो । ‘झापा पुग्दा उहाँहरुमाथि ढुंगामुढाको प्रयास भयो । प्रशासन मुकदर्शक भएर बस्यो, अवाञ्छित गतिविधिमाथि केही पनि गरेन,’ उहाँले भन्नु भयो, ‘इलाममा पनि बाटो छेकियो, पशुपतिनगरमा पनि त्यही भयो । तर प्रशासनले नियन्त्रण गर्नुभन्दा पनि मुकदर्शक बन्यो ।’ पार्टी नेताहरुमाथि ढुंगामुढा गर्नेमा सत्तारुढ माओवादी केन्द्रका कार्यकर्ता नै संलग्नु हुनुले आफूहरुलाई गम्भीर बनाएको उहाँले बताउनु भयो। वाञ्छित गतिविधिको प्रधानमन्त्री स्वयं संरक्षक बनेको भन्दै एमाले उपमहासचिव रिमालले भन्नु भयो, ‘कसरी आतंक सिर्जना गर्न सकिन्छ रु कसरी अस्थिरता सिर्जना गर्न सकिन्छ भनेर गर्न खोजिएको रिहर्सल जस्तो हामीले मानिरहेका छौं ।’ समयमै सचेततापूर्वक नसोच्ने हो भने कसैले कसैलाई नियन्त्रण गर्न नसक्ने, जसले जे गरेपनि हुनेजस्तो अवस्था आउनसक्ने उहाँले बताउनु भयो । एमाले सचिव योगेश भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताउनु भयो ।कोशी प्रदेश नामाकरणको बिरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भए पनि माओवादी केन्द्रका संगठनहरुले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक भएको उहाँले बताउनु भयो । भट्टराईले भन्नुभयो ,’अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा यो सम्भव छैन ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?