Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन जेल चलान

2023 Apr 29 11:44 AM 41

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन जेल चलान
विराटनगर । सरकारी सहीछाप किर्ते मुद्दामा दोषी ठहर कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुनले आत्मसमर्पण गर्नुभएको छ । उहाँले हिजो जिल्ला अदालत मोरङमा आत्मसमर्पण गर्नुभएको हो । लगत्तै उहाँलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी एवं प्रवक्ता रञ्जन दाहालले जानकारी दिनुभयो । उहाँ ६ वर्षदेखि फरार हुनुहुन्थ्यो । प्रदेश सांसद रहेकै बेला खातुनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । साथै उहाँका श्रीमान् शेख शिलबरलाई पनि बराबरी सजाय र जरिबानाको फैसला सुनाइएको थियो । यो मुद्दामा तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई भने कर्मचारी भएका कारण २ वर्ष सजायको फैसला भएको थियो । खातुन कोशी प्रदेश सभामा एमालेबाट समानुपातिक सांसद बन्नुभएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध उहाँले २०७४ भदौमा उच्च अदालत विराटनगरमा पुनरावेदन गर्नुभएको थियो । उच्च अदालतले खातुनका श्रीमानलाई मात्रै सफाइ दियो भने खातुनविरुद्ध एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिबानाको फैसला सुनायो । दुई कर्मचारीविरुद्ध भने जिल्ला अदालतकै फैसला सदर भएको थियो । उनीहरुले जेल सजाय काटिरहेका छन् । खातुन उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगे पनि सर्वोच्चबाट निस्सा नपाएपछि सांसद पद खारेज भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला