Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एसीसी प्रिमियर लिग : नेपाल र यूएई आज उपाधिका लागि भिड्दै

2023 May 1 8:17 AM 21

विज्ञापन

Birat Cancer Hospital
एसीसी प्रिमियर लिग : नेपाल र यूएई आज उपाधिका लागि भिड्दै
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आज नेपाल र युएईबीच हुँदैछ । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । कीर्तिपुर मैदानमा डेढ महिना अगाडि भएको विश्व कप लिग–२ को अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्व कप ग्लोबल क्वालिफायरमा छनोट भएको थियो । पछिल्लो दुई महिनाको बीचमा नेपाल र यूएई ४ पटक आमने सामने भएका छन् । जसमा यूएईमा भएको एउटा खेल नेपालले हारेको थियो भने बाँकी ३ खेल जितेको थियो । यूएईसँगको एउटा खेल हारेयता नेपालले अरु खेल हारेको छैन । आजको खेलमा पानी परेमा भोलि हुनेछ । तर निरन्तर पानीले खेल हुन नसके सुपर ओभर हुनेछ । सुपर ओभर पनि बराबर भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आईसीसीको एकदिवसीय वरियता अनुसार माथि रहेको टोली एसिया कपमा पुग्नेछ । एकदिवसीय वरियतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा छन् । खेल रद्द हुँदा नेपाल एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?