Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लामो समयदेखि बन्द चीनतर्फका सबै नाका आजदेखि खुल्दै

2023 May 1 11:58 AM 23

विज्ञापन

Birat Cancer Hospital
लामो समयदेखि बन्द चीनतर्फका सबै नाका आजदेखि खुल्दै
काठमाडौ । लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुलेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गएको चैतमा चीनमा भएको भेटका क्रममा मे १ तारिख अर्थात् आजदेखि सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको यारीसहित चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएको थियो । सहमति अनुसार आजदेखि सिन्धुपाल्चोकको तातोपानीसहितका नाका खुल्नेछन् । उद्योग मन्त्री रमेश रिजालका अनुसार यसअघि भएको सहमति अनुसार नाका खुल्नेछ ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार तातोपानी नाकामा कन्टेनर पठाउन तयारी अवस्थामा छ । उताबाट पनि कन्टेनर आउनेछन् । तातोपानी नाका भूकम्पपछि बन्द भएको थियो । त्यसपछि बीचमा कार्गो सामान आयात भए पनि नाका पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । चीनतर्फका नाकाहरूमा रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला रहेका छन् ।रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको यारी मुख्य व्यापारिक नाका हुन् । रसुवागढी र तातोपानी नाकाबाट सामान आयातरनिर्यात धेरै हुने गर्छ । रसुवागढीबाट आयातरनिर्यात खुला भइसकेको छ । त्यस्तै, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने उद्योग मन्त्रालयले जनाएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?