Live
| बुधबार, बैशाख ९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

यु–१६ राष्ट्रिय क्रिकेट : कोशी प्रदेश च्याम्पियन

2023 May 1 11:40 PM 7

विज्ञापन

Biratkhavar
यु–१६ राष्ट्रिय क्रिकेट : कोशी प्रदेश च्याम्पियन
विराटनगर । कोशी प्रदेश धनगढीमा जारी ‘एनआइबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’को च्याम्पियन बनेको छ । स्थानीय फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ३५ रनले पराजित गर्दै कोशी प्रतियोगिताको च्याम्पियन बनेको हो । प्रतियोगिताको विजेता बनेसँगै कोशी प्रदेशले ट्रफी र रु दुई लाख प्राप्त गरेको छ । उपविजेता बनेको बागमती प्रदेशले ट्रफीसहित रु एक लाख प्राप्त गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले वर्षाका कारण घटाइएको २५ ओभरको खेलमा सात विकेट क्षतिमा एक सय ७१ रन बनाएको थियो । कोशीका लागि एलिस मण्डलले अर्धशतकीय पारी खेल्दै ५३ रन बनाए । यस्तै, सिंवाश बजगाईंले अविजित ३० रन, दीपु भुजेलले २१ रन र आशिक मगरले २० रन बनाए । बागमतीका लागि सुप्रिम हाडा, सार्थक धिताल र अथर्व पौडेलले दुईरदुई विकेट लिए । प्रतिउत्तरमा बागमती प्रदेशले २४ दशमलव चार ओभरमा सबै विकेट क्षतिमा एक सय ३६ रन मात्रै बनाउन सकेको थियो । उसका लागि सार्थक धितालले ३३ रन, सुर्यांश कोइराला र रोशन विकले २३र२३ रन बनाएका थिए । कोशीका लागि रबिन मण्डलले तीन विकेट, सौजन घिमिरे र प्रतीक पोखरेलले दुईरदुई विकेट लिए । फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित कोशी प्रदेशका एलिस मण्डलले रु दुई हजार प्राप्त गरे । उत्कृष्ट प्रदर्शन गरेका बागमती प्रदेशका रोशन विक प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानसमेत भए । उनले सर्वोकृष्ट खेलाडी भएबापत रु १५ हजार प्राप्त गरे । चार खेल खेलेका उनले एक सय छ बलमा एक सय ४६ रन बनाए । यस्तै, १९ ओभर बलिङ गरेका उनले एक मेडनसहित ९४ रन दिएर चार विकेट लिएका थिए । कोशी प्रदेशका कृतिक कामत उत्कृष्ट बलर भए । उनले नगद १० हजार प्राप्त गरे । तीन खेल खेलेका उनले १७ ओभर बलिङ गर्दै एक मेडनसहित ७२ रन दिएर १० विकेट लिएका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका २४ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर १४ सदस्यीय नेपाली यु–१६ टोली तयार गर्न लागिएको जनाइएको छ । नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको ‘इस्ट जोन कप क्रिकेट प्रतियोगिता’लाई मध्यनजर गर्दै यो प्रतियोगिता गरिएको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु