Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ताप्लेजुङको गाउँमै प्रयोगशला सेवा सञ्चालन

2023 May 2 1:32 PM 34

विज्ञापन

Birat Cancer Hospital
ताप्लेजुङको गाउँमै प्रयोगशला सेवा सञ्चालन
फक्ताङलुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गाउँमै प्रयोगशाला सेवा सञ्चालन आएको छ । केही वर्षअघिसम्म जिल्ला अस्पतालमा आउँदासमेत गर्भवती र विभिन्न समस्या हुने बिरामीले भिडियो एक्सरे गर्न निजी क्लिनिक पुग्नुपर्ने अवस्था थियो । रगत, पिसाब परीक्षण त परैको कुरा । तर अहिले फक्ताङलुङ गाउँपालिका–३ सिंवामा रहेको स्वास्थ्यचौकीमा एक्सरे र प्रयोगशाला सेवा सुरुआत भएको छ । ग्रामीण क्षेत्रका गर्भवतीलाई गाउँमै भिडिओ एक्स–रे र प्रयोगशालासेवा दिनका लागि गाउँमै प्रयोगशाला सेवा सुरु भएको छ । सदरमुकामका अस्पतालम्म आउनुपर्ने ग्रामीण क्षेत्रका गर्भवतीको स्वास्थ्य परीक्षण र प्रयोगशालासम्बन्धी सेवा सहज गराउने उद्देश्यले सिंवा बजारमा अवस्थित स्वास्थ्यचौकीमा आइतबारदेखि भिडियो एक्सरे र प्रयोगशाला सेवा सञ्चालनमा आएको फक्ताक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । एक्सरे र प्रयोगशाला नहुँदा गर्भवतीले बर्थिङ सेन्टरमा बच्चा जन्माउने वातावरण नबन्ने र अन्यत्र जाँदा हजारौँ रकम खर्च गर्नुपर्ने समस्या आएपछि गाउँपालिकाले गाउँमै भिडियो एक्सरे र प्रयोगशाला सेवा दिने अभियान सुरुआत गरेको उहाँले बताउनुभयो । फक्ताङलुङ गाउँपालिका क्षेत्रफलको हिसाबले नेपालको तेस्रो ठूलो गाउँपालिका पर्दछ । यस गाउँपालिकामा सात वडा छन् । सेंवा बजारमा प्रयोगशाला सेवा सुरुआत भएसँगै गाउँपालिका–१ सवादिन, वडा नं २ खेजिनेम, मामाङ्खे, चाकु र वडा नं ३ सेवा बजार, लिङखिम, तावा, थिवा क्षेत्रका नगरिकले सहजरूपमा सेवा लिन पाउने भएको फक्ताङलुङ गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । ती गाउँवासीले अब भिडिओ एक्सरे र प्रयोगशालाकै लागि मात्र सदरमुकाम तथा अन्य सहरका निजी क्लिनिक र अस्पताल धाउनुपर्ने बाध्यता हटेको फक्ताङलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताउनुभयो । ‘गर्भपरीक्षण र ल्याब सेवा नहुँदा गाउँमा प्रसूति केन्द्र भएर पनि विश्वास थिएन”, उहाँले बताउनुभयो, “सेवा सुरु भएपछि बिरामीले विश्वास गर्ने वातावरण बनेको छ ।” यसका लागि रु १० लाख लगानी भएको उहाँले बताउनुभयो । गत आइतबार सिंवा बजारमा प्रयोगशाला सेवा सञ्चालनमा आएसँगै फक्ताङलुङ गाउँपालिकाका नागरिकले दुई ठाउँबाट प्रयोगशाला र फार्मेसी सेवा सहजरूपमा पाउने भएको गाउँपालिकाले जनाएको छ । फक्तालुङ –५ तापेथोक स्वास्थ्यचौकीमा विगत चार वर्षदेखि नै प्रयोगशाला सेवा सुरु भएको गाउँपालिकाले जनाएको छ । तापेथोक स्वास्थ्यचौकीमा चिकित्सक साताको चार दिन र सेवा बजारमा रहेको स्वास्थ्यचौकीमा साताको दुइ दिन प्रत्यक्ष बिरामीको स्वास्थ्य परीक्षण तथा परार्मश सेवा उपलब्ध गराउने स्वास्थ्य शाखाले जनाएको छ । सरकारले निःशुल्क उपलब्ध गराएको औषधिबाहेक अन्य औषधि सहजरूपमा उपलब्ध गराउनका लागि तापेथोक स्वास्थ्यचौकी र सेवा स्वास्थ्यचौकीमा गाउँपालिकाले फार्मेसी सेवा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताउनुभयो । फार्मेसी सेवा सञ्चालन गर्नका लागि गाउँपालिका मूलपुँजी नमासिने गरी कोष स्थापना गरेर औषधि खरिद गर्दै आएको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । फक्ताङलुङ गाउँपालिकामा सातवटा स्वास्थ्यचौकी र १४ स्वास्थ्य एकाइ सञ्चालनमा छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न