Live
| आइतबार, भदौ २०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बालकृष्ण खाँणलाई जोगाएर एमाले नेतालाई फसाइए चुप नलाग्ने ओलीको चेतावनी

2023 May 5 7:22 PM 34

विज्ञापन

Birat Cancer Hospital
बालकृष्ण खाँणलाई जोगाएर एमाले नेतालाई फसाइए चुप नलाग्ने ओलीको चेतावनी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मुख्य व्यक्तिहरुलाई जोगाउने र कतिपय असम्बन्धित एमाले नेताहरुलाई प्रतिशोधको शैलीमा फसाउने चलखेल प्रष्ट देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागेका छन्् । प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले अहिले भइरहेको छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानसमेत साटफेर भएको भरपर्दो ‘सूचना शेयर’ गरेपछि २०७९ चैत १३ मा अभियुक्त सानु भण्डारीले दिएको बयान ‘होल्ड’ गरेर नयाँ प्रक्रियाबाट छानबिन थालिएको खुलेको छ । यो प्रकरणमा सबैभन्दा निर्णायक भूमिका खेल्ने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाउन खोजिएको पाइएपछि शीर्ष राजनीतिक तहमा हलचल पैदा भएको हो । विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरुले बादल गृहमन्त्री भएका बेला काम नहुँदै सरकार ढलेपछि बालकृष्ण खाँण गृहमन्त्री भएपछि सचिव टेकनारायण पाण्डेमार्फत काम अघि बढेको बयान दिएका छन् । ओलीले प्रचण्डसँगको भेटमा चेत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले दिएको बयान के भयो भन्दै त्यसको रेकर्ड मागेको स्रोतले जनाएको छ । बस्याल थरका अनुसन्धान अधिकृतसँगको बयानमा बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम आएपछि बयान नै रोकिएको थियो । मञ्जु बालकृष्ण खाँणकी पत्नी तथा प्रतिनिधिसभा सदस्य हुन् । अभियुक्तले बालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको बताएका थिए । बयानको अडियो रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेको थियो । त्यसपछि एक साता बयान होल्ड गरेर पुनः बयान लिइएको हो । बालकृष्ण खाँण कसरी जोडिए ? नक्कली शरणार्थी बनाउने गिरोहले काम फत्ते नगर्दै केपी ओली सरकार ढल्यो र रामबहादुर थापा बादल सर्वोच्चको आदेशबमोजिम मन्त्रीबाट पदमुक्त भए । त्यसपछि बादलका सल्लाहकार इन्द्रजीत राईलगायत काम मिलाउँछौं भन्दै पैसा खाने गिरोह भागाभाग भयो । त्यसपछि पीडितहरुले अब डुबियो भन्दै विभिन्न ठाउँमा उजुरी दिने क्रममा गृह मन्त्रालयमा पनि दिएका थिए । २०७८ असार २८ गते परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए भने गृहमन्त्री बालकृष्ण खाँण भए । खाँण गृहमा आएपछि महेश्वर न्यौपानेको ठाउँमा गृहसचिव भएर टेकनारायण पाण्डे आए । गृहमा उजुरीसमेत परेको र केही व्यक्ति भेट्न गएपछि पाण्डेले यो प्रकरणबारे बुझ्न थालेको र आफूहरुले सबै जानकारी दिएर यो प्रकरणमा सघाउन आग्रह गरेको बयानमा उनीहरुले भनेका छन् । ठगी गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको बताए । उनीहरुले आफूहरु फसिसकेको भन्दै यो काम भएमा थप पैसा खर्च गर्ने बताए । खाँण निकट रहेका हाल कांग्रेसका एक सांसदले पनि काम मिलाउने भनेर केही रकम लिएको उल्लेख छ । ती नेतामार्फत मञ्जु खाँणसम्म यो कुरा पुगेको थियो भने यो विषय आरजु देउवासम्म मिलाउनुपर्ने भन्दै गिरोहलाई दुहुनो गाई बनाउने खेल त्यस क्रममा चल्यो । गिरोहको सदस्यबाट पैसा पाइने निश्चित भएपछि तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले मन्त्रालयबाट हुने प्रमाणीकरणको काम आफूले मिलाइदिने तर बाँकीको व्यवस्थापन उनीहरुले गर्नुपर्ने बताए । भण्डारीले बयानमा भनेका छन्, ‘त्यसका लागि मन्त्रीसँग पनि कुरा गर्नुपर्छ र मन्त्रीलाई पनि पैसा दिनुपर्ने कुरा सचिवले भने । गृह सचिवले नै मन्त्रीसँग कुरा गरेपछि हामीले थप पैसा दिएका हौं ।’ कति पैसा दिएको भन्ने बयानमा उल्लेख भए पनि प्रहरीले रकम खुलाएको छैन र बालकृष्ण खाँणलाई अहिलेसम्म छानबिनमा ल्याएको छैन । त्यसका लागि माथिल्लो तहबाट आदेश पर्खिएको अधिकारीहरु बताउँछन् । स्रोतका अनुसार गृह सचिव पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेर यो गिरोहको बाँकी काम फत्ते गर्न अनुमति लिएर रकम बुझ्न थालेका थिए । यसबीचमा पैसा उठाउनेमध्येका कतिपयले पनि पाण्डेलाई भेटेर काम हुने वा नहुने आधिकारिक जानकारी मागेका थिए । आफूहरुलाई दलाल गिरोहको भरोसा नरहेको भन्दै गजेन्द्र बुढाथोकी नामका एकजनाले गृह सचिव पाण्डेलाई भेटेर कन्फर्म गरेका थिए । पाण्डेकै आश्वासनपछि बुढाथोकी ढुक्क भएर आफन्त तथा चिनजानका मान्छेलाई अमेरिका जाने शीर्षकको पैसा नफस्ने बताएका थिए । यसबीचमा गृह सचिव पाण्डेले गृहमन्त्री खाँणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र जारी गरेका थिए । प्रहरीले अहिलेसम्म संकलन गरेका तथ्यका आधारमा गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले ती परिपत्र गरेका थिए । त्यही प्रयोजनका लागि विभिन्न किस्तामा पाण्डेले ५० लाख रुपैयाँ बुझेको पाइएको छ । सचिव पाण्डेमार्फत नै गिरोहका मुख्य नाइकेहरु केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर आश्वस्त बनेका थिए । दाङका सन्देशले आफूहरुले गृह सचिवमार्फत नै खाँणलाई भेटेर सबै विषय जानकारी गराएको बयान दिएका छन् । यो सबै जानकारी पाएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताइन्छ । यो प्रकरणलाई राजनीतिक हतियार बनाएर एमालेको बदनाम गर्ने र सत्ता गठबन्धनका नेताहरुलाई जोगाउने खेल भएपछि उनले चैत १३ को रेकर्डसमेत बाहिर आउने चेतावनी दिएका छन् । प्रहरी र सरकारी वकिलभित्रैबाट यो कुरा एमाले नेताहरुसम्म लिक भएको बताइन्छ । सरकारी वकिलले प्रहरीसँग दिएको बयानका कतिपय भाग हटाइएकोमा प्रश्न उठाएका छन् । अभियुक्तको बयान नै अन्तिम सत्य हुन्न । तर, प्रहरीले माथिको दबाबमा आफू अनुकूल बयान काँटछाँट गर्न नमिल्ने सरकारी वकिलहरुको भनाइ छ । स्रोतका अनुसार खाँणको नाम समेत आएपछि देउवाले प्रधानमन्त्रीसँग चासो राखेका छन । खाँणको नाम नलिई दोस्रो बयानको कागजमा सही गराउन खोजिएपछि यो कुरा बाहिर आएको महान्यायाधिवक्ता कार्यालयका एक उच्च अधिकारीले बताए । आफू पनि तानिने भएपछि खाँण बिहीबार सभापति देउवालाई भेट्न धुम्बाराही गएका थिए । देउवाले त्यहीबाट प्रधानमन्त्री प्रचण्ड र आईजीपी वसन्त कुँवरलाई फोन गरेको कांग्रेस नेताहरु बताउँछन् । देउवा यो प्रकरणमा एमालेका नेतालाई पक्राउ पुर्जी जारी गरिएकोमा समेत सन्तुष्ट नरहेको बताइन्छ । ओलीले खाँणलाई जोगाएर एमाले नेताहरुलाई फसाइए आफू चुप नलाग्ने भनेपछि शीर्ष नेतृत्व संकटमा परेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउने पक्षमा छन् । यी अभियुक्तविरुद्ध जेठ १२ भित्र अदालतमा मुद्दा दायर गर्नुपर्नेछ । स्रोत : नेपाल प्रेस डट कम

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न