Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

उदयपुरमा पाठ्यपुस्तक अभाव

2023 May 6 7:50 PM 39

विज्ञापन

Birat Cancer Hospital
उदयपुरमा पाठ्यपुस्तक अभाव
गाइघाट । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै एक महिना हुन लाग्दा पनि उदयपुरको सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई पूरै विषयका पाठ्युस्तक वितरण गर्न सकेका छैनन् । विद्याथीर्ले पुस्तक पसलमा किन्न जाँदा केही विषयका पुस्तक अभाव रहेको जवाफ पाउने गरेका छन् । पुस्तक पसल सञ्चालकले विद्यार्थीलाई रित्तै फर्काउने गरेको विद्यार्थीको गुनासो छ । त्रियुगा नगरपालिका–१६ सुकौराकी कक्षा १० मा अध्ययनरत पुर्णाकुमारी मगर समयमा पुस्तक नपाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वैशाखको पहिलो हप्तादेखि पठनपाठन सुरु भइसकेको छ, गाईघाटका पुस्तक पसलमा पटक–पटक पुस्तक किन्न गए, सामाजिक अध्ययन, अङ्ग्रेजी र नेपाली विषयका पुस्तक अझै पाउन सकिएको छैन ।” त्रियुगा नगरपालिका–५ जलजलेस्थित उदयसी स्कुलका कक्षा ९ का विद्यार्थी पङ्कज साहको पनि गुनासो मगरको जस्तै छ । साह भन्नुहुन्छ, “विद्यालयमा पठनपाठन सुरु भएको दुई हप्ता बितिसक्यो, सबै पुस्तक नहुँदा पढ्न समस्या छ, पटक–पटक पुस्तक पसलमा पुस्तक किन्न जाँँदा भोलि वा पर्सि पुस्तक आइपुग्छ भनेर पुस्तक बिक्रेताले भन्नेगर्नुहुन्छ, फेरि पुस्तक लिन आउँदा अहिलेसम्म आएको छैन भनेर भन्नुहुन्छ्, दुःख पाउने काम मात्र भयो ।” सरकारले यस पटक बेलैमा पाठ्यपुस्तक प्रकाशन भएको र यस पटक पाठ्यपुस्तकको कुनै समस्या नहुने बताए पनि समयमा पाठ्यपुस्तक वितरण नहुँदा विद्यार्थीले समस्या भोग्नु परेको त्रियुगा नमूना मावि गाईघाटका शिक्षक सञ्जय दत्त बताउनुहुन्छ । समयमा पुस्तक वितरण हुन नसक्दा विद्यार्थीले समस्या भोग्नु परेको चौदण्डी नगरपालिका–९ जनता मावि हँडियाका अभिभावक दीपेन्द्र चौधरी बताउनुहुन्छ । पुस्तक पसल सञ्चालकले समयमा पुस्तक उपलब्ध गराउन नसकेको भन्दै अहिले अभिभावक तथा विद्यार्थीहरुले गुनासो गर्न थालेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्न लाग्दा पनि पुस्तक पसलल सञ्चालकले सबै विषयका पुस्तक विद्यार्थीलाई वितरण गर्न सकेका छैनन् । न्यौपाने पुस्तक पसल गाईघाटका सञ्चालक विष्णु न्यौपाने भन्नुहुन्छ, “विराटनगरबाट वितरण केन्द्रले सबै पुस्तक समयमा नै पठाउन ढिलाइ गर्दा आफूहरुले सबै विषयका पुस्तक विद्यार्थीलाई वितरण गर्न समस्या भएको हो ।” श्याम पुस्तक पसल गाईघाटका सञ्चालक श्याम साहका अनुसार वितरण केन्द्रको कारण नै सबै पुस्तक प्राप्त गर्न नसक्दा वितरणमा समस्या आएको हो । उदयपुरको कटारी, बेल्टार, गाईघाट क्षेत्रका विद्यार्थीले समयमा पुस्तक प्राप्त नभएको गुनासो गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला