Live
| सोमबार, जेठ २५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

‘भारतको मणिपुरमा जातीय दंगा, नेपाली भाषी सुरक्षित’

2023 May 7 5:31 AM 14

विज्ञापन

Birat Cancer Hospital
‘भारतको मणिपुरमा जातीय दंगा, नेपाली भाषी सुरक्षित’

काँकडभिट्टा । पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो । जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कर्फ्यु लगाइनाका साथै हिंसा भड्किँदा जनजीवन आतङ्कित बनेको छ । नेपाली भाषी भारतीय नागरिकहरू हिंसामा नपरेको इम्फाल निवासी एसके विश्वकर्माले टेलिफोन सम्पर्कमा बताउनुभयो । 'चौबिसै घण्टा कफ्र्यु लगाइएको छ, यहाँको सडकमा सुरक्षाकर्मीहरूले गस्ती गरिरहेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो नेपाली भाषी दाजुभाइ, दिदीबहिनीहरू कोही पनि सडकमा निस्कनुभएको छैन । कुनै पनि नेपाली बस्तीमा हिंसा भएको जानकारी आएको छैन ।' उहाँका अनुसार उत्तरपूर्वी भारतको पहाडी राज्य मणिपुरमा ५० हजारको सङ्ख्यामा नेपाली भाषीको बसोबास रहेको छ । उनीहरू अधिकांश खेतीपाती र केही व्यापार गर्छन् । थोरैले राज्यको नोकरी पनि गरिरहेका छन् । नेपालबाट घुम्न वा आफन्त भेटघाटका लागि मणिपुर आउजाउ हुने गर्दछ । तर, अहिलेसम्म नेपाली नागरिकहरू पनि हिंसाको चेपुवामा परेको जानकारी नभएको विकले बताउनुभयो । पूर्वीनाका काँकडभिट्टाबाट मणिपुरका लागि यातायातको टिकट काट्ने काम गर्दै आउनुभएको नेपाल यात्रु सेवाका सञ्चालक सुशील प्रधानले सीमावर्ती पानीट्याङ्कीबाट इम्फाल जाने कुनै पनि सवारी साधन नचलेको जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय नाका पानी-ट्याङ्कीबाट आसामको राजधानी गुवाहाटी हुँदै र सिधै इम्फाल जाने यात्रुवाहक सवारी साधनको नियमित सेवा छ । साताको दुई पटकमात्र इम्फालका लागि पानीट्याङ्कीबाट यात्रुवाहक गाडी पाइने र सिधा यात्राको भाडादर प्रतिव्यक्ति भारु तीन हजार दई सय रहेको उहाँले बताउनुभयो । पूर्वोत्तर भारतको आसाम, मेघालय र नागालेन्डमा रोजगारी र घुमफिरका लागि नेपालीहरू बाक्लै जाने गर्छन् । तर, मणिपुर जानेको सङ्ख्या अत्यन्त न्यून हुने गरेको काँकडभिट्टास्थित ओम आशिष ट्राभल्सका सञ्चालक नेत्र कार्कीले बताउनुभयो । 'मणिपुरमा घुम्नलायक धेरै ठाउँ छैनन्, हिन्दू धार्मिकस्थल पनि छैनन्,' उहाँले भन्नुभयो, 'कोहीकोही आफन्त भेटघाटका लागि र केही चाहिँ बर्माको सीमा हेर्न जाने गर्छन् । एकदमै थोरै सङ्ख्यामा त्यहाँको होटलमा रोजगारीका लागि नेपालीहरू जाने गरेको पाइएको छ ।' मणिपुरको चारहजारे, कांगलतुम्बी, सेकमाईलगायत राजधानी इम्फालका केही बस्तीमा नेपालीको बाहुल्य छ । त्यहाँका नेपालीहरू माृतभाषामा माध्यमिक तहसम्मको अध्ययन गर्दछन् । आसामको गुवाहाटी र नागालेन्डको डिमापुर हुँदै रेल यात्रा गरेरसमेत मणिपुर पुग्न सकिन्छ । नेपालबाट मणिपुर जाने एकमात्र स्थलनाका काँकडभिट्टा नै हो । काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले मणिपुरको हिंसाका कारण नेपालीहरू त्यहाँ अप्ठेरोमा परेको भन्ने कुनै जानकारी नआएको बताउनुभयो । नाकामा चेकजाँच हुँदा आधारकार्ड देखाएर भारतीय नागरिकहरूले नेपाल प्रवेश गर्न पाउँछन् । 'चेकजाँचका क्रममा अहिलेसम्म कसैले पनि मणिपुरमा समस्या परेर आएको भनेका छैनन्,' प्रहरी नायब उपरीक्षक भारतीले भन्नुभयो, 'भारतीय सीमावर्ती सुरक्षा निकायका प्रमुखहरूसँग पनि सम्पर्क भइरहेकै हुन्छ । उहाँहरूले पनि भारतमा कुनै समस्या भयो भने हामीलाई जानकारी गराउने चलन छ । अहिलेसम्म नेपालीहरू मणिपुर हिंसामा परेको कुनै जानकारी छैन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो