Live
| सोमबार, जेठ २५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मदन भण्डारी राष्ट्रिय रिङ रेस्लिङ सुर्खेतमा हुने

2023 May 8 5:46 PM 14

विज्ञापन

Birat Cancer Hospital
मदन भण्डारी राष्ट्रिय रिङ रेस्लिङ सुर्खेतमा हुने
काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोस्रो मदन भण्डारी रिङ रेस्लिङ राष्ट्रिय प्रतियोगिता आगामी जेठको दोस्रो सातामा हुने भएको छ । बहत्तरौँ मदन स्मृति तथा मदन जयन्तीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उक्त प्रतियोगिता आगामी जेठ १३ गते सुर्खेतमा हुनेछ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको विविध खेलकुद प्रतियोगिताअन्तर्गत रेस्लिङको दोस्रो संस्करण सुर्खेतमा हुन लागेको नेपाल रिङ रेस्लिङ सङ्घकी महासचिवसमेत रहनुभएकी एकेडेमीकी केन्द्रीय उपमहासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो ।प्रतियोगितामा लाइटवेटतर्फ सिजे वल्र्ड र कम्ब्याटको भिडन्त हुनेछ । यसका साथै महिलातर्फ तन्नु र आकृति भिड्ने छन् भने ट्याग टिम भिडन्तमा टुप्पी ग्याङले सुजलको टिमसँग तथा एक्स हिरोबीच हुनेछ । हार्डकोर भिडन्तमा चट्टान र स्पाइडरम्यान उपाधिका लागि रिङमा उत्रने छन् । लाइटवेटमा डेभिडले र साइनको सामना गर्नेछन् । नुवाकोटे टाइगर र किङ रोबोर्ट हेभीवेटमा भिड्ने छन् । लाइटवेटतर्फको विजेता खेलाडीले रु ५० हजार, ट्याग टिम च्याम्पियनले रु ५० हजार, लेडिज वेट च्याम्पियनले रु ६० हजार, मिडलवेट च्याम्पियनले रु ७० हजार, हार्डकोर च्याम्पियनले रु ७५ हजार र हेभीवेट च्याम्पियनले रु एक लाख पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । उपमहासचिव श्रेष्ठले प्रतियोगिताले कर्णाली प्रदेशको आन्तरिक तथा बाह्य पर्यटनको विकाससँगै कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो