Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की

2023 May 10 2:01 PM 22

विज्ञापन

Birat Cancer Hospital
बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ ।नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान आधा हिस्सा मात्र आउनु र प्रदेशमा राजस्व पनि सङ्कलनमा कमी आउनुले समस्या उत्पन्न भएको बताउनुभयो । राजस्व सङ्कलनको स्थिति यथावत् रहेमा बजेट कम आकारको बन्ने उहाँको भनाइ छ । उहाँले दायित्व बढ्ने र बजेट स्रोत कमजोर हुने अवस्था देखिएको भन्दै स्थानीय तहले अतिआवश्यक ठाउँमा मात्रै लगानी गर्न सुझाव दिनुभयो । सङ्घीयता बलियो बनाउन विगतका कमी कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले स्थानीय तहले बजेट निर्माण गर्दा उत्पादन बढाउने, रोजगार सिर्जना गर्ने र सौन्दर्यकरणमा बढी केन्द्रित गर्नुभर्ने बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?